अमेरिका, ९ असोज । अमेरिकाको बाल्टीमोरमा शनिबार भएको गोली प्रहारमा आठ व्यक्ति घाइते भएका छन् ।
सो गोली प्रहारबाट एकै परिवारको बाबु र उनकी तीन वर्षे छोरीसहित आठ जना घाइते भएका थिए ।
पीडितलाई उपचारका लागि तत्काल अस्पताल लगिएको र घाइते खतरामुक्त अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
गोली प्रहारको घटनापछि गोली प्रहार गर्ने व्यक्ति त्यहाँबाट भागेका थिए ।

तीन जनामध्ये एक जनासँग छोटो दुरीमा हान्ने बन्दुक र अर्का दुई जनासँग हाते बन्दुक रहेको प्रत्यक्षदर्शीले बताएका छन् । रासस/सिन्हवा







