२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

बग्दादमा आत्मघाती आक्रमण चारको मृत्यु



बग्दाद, ९ असोज । इराकको राजधानी बग्दादको पश्चिमी भागमा भएको एक आत्मघाती आक्रमणमा कम्तीमा छ व्यक्तिको मृत्यु भएको छ ।

सिया मुसलमान इलाकालाई लक्ष्यगरी गरिएको आत्मघाती आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

राजधानीको उत्तर सहरमा बम आक्रमण भएको एक दिन पछाडि पुनःसो आक्रमण भएको छ ।

एक विद्यालय भवन नजिकै बन्दोबस्त गरिएको त्रिपालमा विस्फोटक पदार्थ बोकेका आत्मघाती आक्रमणकारीले सो विस्फोटन गराएको छ ।

आगामी हप्ता हुन गइरहेको प्रमुख धार्मिककार्यका लागि सो त्रिपालको बन्दोबस्त गरिएको थियो ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । तर सिया मुसलमान समूदायविरुद्ध बारम्बार आक्रमण गर्दै आएका इस्लामिक स्टेट समूहले नै यस्ता आक्रमण गराउँदै आएकोले यस आक्रमणमा पनि सोही समूहको हात रहेको अनुमान गरिएको छ ।

इराकमा अगस्टभरी भएका आतङ्ककारी घटनामा कम्तीमा ६९१ जनाको मृत्यु हुनको साथै अन्य एक हजार १६ जना घाइते भएका इराकको लागि संयुक्त राष्ट्र सङ्घीय मिसनले जानकारी दिएको छ ।

इराकको टिक्रिट सहरमा भएको बम आक्रमणमा १२ जनाको मृत्यु भएको एक दिन पछाडि पुनःआइतबार आत्मघाती आक्रमण भएको छ । सो सहरमा भएको आक्रमणको आइएस लडाकू समूहले जिम्मा लिएको थियो । रासस/एएफपी

प्रकाशित मिति : ९ आश्विन २०७३, आइतबार  ६ : ४९ बजे