३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

‘अमेरिकामा रहेका कांग्रेस समर्थक जिल्ला फर्किनुस’ नेता प्रकाशसिं कार्की



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा व्यवसायी प्रकाशसिं कार्कीले सोलुखुम्बुमा पुनर्जागरण ल्याउदै कांग्रेसको नेतृत्वमा जिल्लाको विकास निर्माण गर्न कांग्रेस समर्थकलाई जिल्ला फर्कन आग्रह गरेका छन् । नेपाली कांग्रेस सोलुखुम्बु न्युयोर्क सम्पर्क समितिले न्यूयोर्कमा आयोजना गरेको छलफल कार्यक्रम नेता कार्कीले रोजगारी सिर्जना गरेर जनाताको आशा र भरोसा कायम गर्न अमेरिकामा रहेका सबै पुराना कांग्रेस नेता कार्यकार्ताहरुलाई सोलुखुम्बु फर्कन आग्रह गरेका हुन् ।

‘जन्मभुमीप्रतीको दायित्व हामी सबैले पुरा गर्नु पर्छ’ नेता कार्कीले भने, ‘यत्तिबेला नेपाली कांग्रेस पार्टी र समग्र जिल्लाले सबैको साथ खोजेकोले अब सबैले आ–आफ्नो क्षेत्रको दायित्व पुरा गर्ने समय आएको छ ।’
कार्यक्रममा वक्ताहरुले नेपाली कांग्रेस सोलुखुम्बुमा लामो समयसम्म नेताहरुको राजनितिक विवाद, अशहिष्णुता, चरम गुट्बन्दी र घर झगडाले आक्रन्त बनेकाले अब नयाँ ढङ्गले जानुको विकल्प नभएको बताए । कांग्रेस सोलुखुम्बुको सुधारका लागी आफुहरु जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको बताए । लामो समय समाजसेवामा रहेर राम्रो छवि बनाएका नेता कार्कीको सक्रियताले आफूहरु उत्साहित भएको बताए ।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका सल्लहाकार तथा लुम्बिनी बिकास कोषका पूर्व सदस्य सदस्य आङदावा शेर्पा, नेपाली जनसम्पर्क समिति विश्व संजालका अध्यक्ष विष्णु सुवेदी, नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङ्, शेर्पा किदूक अमेरिकाका महासचिव तेण्डी शेर्पा, नेपाली कांग्रेस सोलुखुम्बु सल्लेरी गाबिसका पूर्व अध्यक्ष रिन्जीपासाङ लामा, नेपाली जनसम्पर्क समिति न्युयोर्क च्याप्टरको महासचिव अमर तमाङ, पत्रकार आङछिरीङ शेर्पा लगायात्को उपस्थिती रहेको थियो ।
नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व उपध्यक्ष तथा सल्लाहाकार मिङमार शेर्पाको अध्यक्षता र नेपाली काँग्रेस सोलुखुम्बुका नेता तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य, व्यवसायी समाजसेवी प्रकाशसिंह कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलबार  ४ : २० बजे