
खोटाङ । खोटाङमा स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको ४ करोड बजेट विनियोजन गरिएको छ । प्रतिनिधिसभा सदस्य विशाल भट्टराई संयोजक रहेको निर्देशक समितिले स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तरगत प्राप्त भएको ४ करोड बजेट विभिन्न २० योजनाका लागि विनियोजन गरेको हो । छनौटमा परेका योजनाहरुमा केपीलासगढी गाउँपालिकाको शुक्रबारे–पत्करु–मैयूँ सडकका लागि १५ लाख, सुंदेल–साल्पा पर्यटन सडकका लागि १५ लाख, ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरी–देम्लीटार सडकका लागि ३० लाख, रावाबेँसी गाउँपालिकाको निगाले–जौबारी–नुनथला चौकी सडकका लागि २० लाख, हलेसी तुवाचुङ नगरपालिकाको रेग्मीटार–भाँडबेसी–हलेसी सडकका लागि ५० लाख, माल्खु–चुरीबन–शायखु–ताराखसे सडकका लागि १३ लाख बजेट बिनियोजन गरिएको छ ।
यस्तै, साकेला गाउँपालिकाको साकेला मावि रतन्छामा कृषि बाली बिज्ञान भवन निर्माणका लागि ५० लाख, निर्माणाधिन टेम्के–कर्मदोर्जे गुम्बा निर्माण र सडक निर्माणका लागि २० लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको याम्खा–काहुले–स्यालगौंडे–छितापोखरी सडक स्तरोन्नतीका लागि २० लाख, छोरम्बुमा कोल्डस्टोर निर्माणका लागि १० लाख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको महुरेगढी प्राविधिक शिक्षालयको भवन पुर्वाधार निर्माणका लागि २० लाख, छिप्तीबेँसी टोल–दिखुवा सडकका लागि १७ लाख, मनमायाँ राई खानीडाँडा विमानस्थल–भुलभुले–ढकालबेँसी सडकका लागि २० लाख, काहुले–चिउरीडाँडा–लामदुवाली सडक स्तरोन्नतीका लागि २० लाख, पुरानो बैंकचोक–पोखरी सिँढि निर्माणका लागि १० लाख बजेट विनियोजन गरिएको छ ।
खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरी पर्यटन क्षेत्र विकासका लागि २० लाख, गारेखोला खानेपानी आयोजना लिच्कीराम्चेका लागि १० लाख, जन्तेढुंगा गाउँपालिकाको चुम्लुङ–खाप्तिङ–रेभुवा सडकका लागि २० लाख, बराहपोखरी गाउँपालिकाको रुम्दु–फोक्सिङटार सडक (बराहपोखरी)का लागि १० लाख र सुन्तले–साकुमा–सडक (सुन्तले)का लागि १० लाख बजेट विनियोजन गरिएको भट्टराईले बताए । प्रतिनिधिसभा सदस्य भट्टराई, प्रतिनिधिसभा सदस्य हिरा गुरुङ र जिल्ला समन्वय अधिकारी शरद पोखरेल सम्मिलित निर्देशक समितिले स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट विनियोजन गरिएको हो ।
संघीय संसदका लागि एक मात्र निर्वाचन क्षेत्र तोकिएको खोटाङमा ३ सयको हाराहारीमा माग भएका योजनामध्ये २० योजनालाई छनौट गरेर बजेट विनियोजन गरिएको प्रतिनिधिसभा सदस्य भट्टराईले बताए । नेकपाका केन्द्रीय सदस्य समेत रहेका भट्टराईले भने, ‘यो ठुलो संघर्ष गरेर प्राप्त भएको बजेट हो, समयमा पारदर्शि ढंगले काम गराउन सबैलाई आग्रह गरेको छु ।’
६ मंसिर २०७५, बिहिबार
126
Shares







