
राँझा । नेपालगञ्जका अग्रज पत्रकार रहीस अहमद सिद्दीकीको गए राति निधन भएको छ । बाँकेबाट प्रकाशित ‘समय अधिकार दैनिक’का प्रकाशक तथा दारुलउलुम फैजुन्नबी जामा मस्जिद इदगाह सञ्चालक समितिका अध्यक्ष सिद्दीकीको कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति ११ बजे निधन भएको हो ।
सिद्दीकीको अन्तिम संस्कार बिहीबार दिउँसो १ बजे स्थानीय कब्रिस्तानमा हुने पारिवारिक स्रोतले जनाएको छ । कलेजो र मिर्गाैलामा संक्रमण भएर विगत छ महीनादेखि अस्वस्थ रहँदै आएका उनी १० दिनदेखि अस्पतालमै उपचाररत थिए ।
सिद्दीकीको उपचारका लागि काठमाडौँ र भारतको लखनउका अस्पतालमा भर्ना गरिए पनि रोग निको हुनसकेको थिएन । दुई वर्षअघि उनको मुटुको शल्यक्रियासमेत भएको थियो ।
६ मंसिर २०७५, बिहिबार
98
Shares







