२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

बाटो काट्दै गरेका विद्यार्थीलाई कारले ठक्कर दिँद ५ को मृत्यु, १८ जना घाइते




बेइजिङ । उत्तरपूर्वी चीनमा विद्यालय जान लागेका स–साना बालबालिकाले बाटो काट्ने क्रममा कारले ठक्कर दिएपछि ५ जनाको मृत्यु भएको छ । बाटो काट्दै गरेका उनीहरुलाई एक कारले ठक्कर दिएपछि ५ विद्यार्थीको मृत्यु हुनुृको साथै अन्य १८ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । लिआओनिङ प्रान्तको हुलुदाओ शहरमा यस्तो भयानक दुर्घटना भएको हो । ठक्कर दिने कारको चालकलाई हिरासतमा लिइ अनुसन्धान सुरु गरिएको स्थानीय टेलिभिजनले जानकारी दिएको छ । सो कार गलत दिशाबाट आएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
गलत दिशाबाट आएकोले बाटो काटिरहेका विद्यार्थीहरुलाई ठक्कर दिएको उनीहरुको भनाई छ । यसै महिनाको शुरुमा चोङ्गकिङ प्रान्तमा एक सडक दुर्घटनामा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको थियो । गत सेप्टेम्बरमा हुनान प्रान्तमा भएको एक सडक दुर्घटनामा ११ व्यक्तिको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७५, बिहिबार  १२ : २६ बजे