३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

एन.ए.को जहाजले लुक्लामा हप्ताको ३ दिन उडान गर्ने, नियमित उडान शनिबारदेखि




सोलुखुम्बु । नेपाल एयरलायन्सको जहाजले तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा शनिबारदेखि नियमित उडान शुरु गर्ने भएको छ । एनएको वाईटुवेल र ट्वीनेटर जहाजले शनिबारदेखि हप्ताको ३ दिन उडान गर्नेछ । केहि हप्ता अगाडि एनएको वाईटुवेल जहाजले लुक्ला विमानस्थलमा परीक्षण उडान गरेको थियो । उच्च हिमाली क्षेत्रमा रहेको लुक्ला विमानस्थलमा सफल परीक्षण उडान गरेपछि एनएको जहाजले नियमित उडान राखेको लुक्लाका जितेन्द्र बस्नेतलाई उदृत गर्दै खुम्बुपासाङल्हामु गाउँपालिकाका वडा सदस्य नारायण राईले बताए । पर्यटकको मुख्य सिजनलाई लक्ष्ति गरी परीक्षण उडान राखिएको भएपनि नियमित उडान भने ढिला भएको छ ।
एनएको जहाजले लुक्लामा नियमित उडान गर्ने भएपछि खुम्बुबासी खुशी भएका छन् । निजी कम्पनीका जहाजले स्थानीय र नेपालीभन्दा पर्यटकलाई बढि प्राथमिकता दिई वेवास्ता गरिरहेको बेला एनएको उडानले खुम्बुबासी खुशी भएका हुन् ।

प्रकाशित मिति : ६ मंसिर २०७५, बिहिबार  ५ : १६ बजे