१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

आइतबार काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै




काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मङ्सिर ९ गते आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललले आगामी महासमितिको बैठक तयारीबारे छलफल हुने बताए ।
‘महासमितिको बैठकमा छलफलका लागि लैजाने विधानका सम्बन्धमा विधान मस्यौदा समितिले तयार पारेको मस्यौदाबारे केन्द्रीय समितिमा छलफल हुनेछ’ उनले भने ।
महासमिति बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुँदैछ । यसअघि उक्त बैठक मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा बोलाइए पनि आवश्यक तयारी नपुगेका कारण सारिएको थियो । बैठक आइतबार बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । बैठकमा उपस्थितिका लागि काङ्ग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि अनुरोधसमेत गरेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार  ३ : १४ बजे