२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

खुकुरी प्रहारबाट काठमाडौंमा एकको मृत्यु, एक घाइते



काठमाडौँ । खुकुरी प्रहारबाट शनिबार काठमाडौँमा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा ठेगाना नखुलेका २३ वर्षीय बिक्की लिम्बू रहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । काठमाडौँ महानगरपालिका वडा नं ३२ तिनकुनेस्थित गैरीगाउँ बस्ने २२ वर्षीय मानिस बानियाँको खुकुरी प्रहारबाट मृत्यु भएको प्रवक्ता सुवेदीले जानकारी दिए ।

लिम्बूको निजामती अस्पताल मिनभवनमा उपचारका क्रममा शनिबार मृत्यु भएको हो । बानियाँको खुकुरी प्रहारबाट ठेगाना नखुलेका अनिल श्रेष्ठसमेत घाइते भएकाले उनलाई उपचारका लागि वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ । बानियाँ फरार रहेकाले खोजी जारी रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७५, शनिबार  ४ : २२ बजे