भद्रपुर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सन्थाल समुदायका लागि सरकारले सांस्कृतिक भवन निर्माण गरिदिने बताएका छन् । मन्त्री पण्डितले मुलुकमा दुई वटा भवन निर्माण गर्नका लागि सङ्घीय सरकारले १ करोड रकम विनियोजन भैसकेकाले चाँडै भवन बन्ने बताएका हुन् ।

झापा जिल्लास्तरीय सन्थाल नृत्य प्रतियोगिताको शनिबार बिर्तामोडमा उद्घाटन गर्दै मन्त्री पण्डितले सन्थाल समुदायका युवाले अब सरकारी सेवामा प्रवेश गर्न योग्यता बनाउनुपर्ने बताए । ‘सन्थाल समुदाय नेपालको अल्पसङ्ख्यक समुदाय हो । अब उहाँहरुले विपन्नताबाट माथि उठ्न योग्यता बढाउनुपर्छ ।’ पण्डितले भने, ‘मैले यहाँ जति पनि युवायुवती देखे, सबै दुब्लो र पातलो हुनुहुन्छ, ९० प्रतिशत परिवार कठिन श्रम मजदुरी गर्नुहुन्छ, अब उत्पादनमूलक काममा लाग्नुहोस् ।’ उनले सरकारले रोजगारीको वातावरण बनाइरहेको हुँदा उत्साहित भएर जातीय उत्थानमा लाग्न सुझाव समेत दिए ।
८ मंसिर २०७५, शनिबार
63
Shares







