३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

किराँत खालिङ राई उत्थान संघ सुनसरी मोरङको नयाँ कार्यसमिति चयन




बेलबारी । किराँत खालिङ राई उत्थान संघ सुनसरी मोरङको दोस्रो जिल्ला अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । संघले शनिबार मोरङको बेलबारी–२ लालभित्तिमा सम्पन्न जिल्ला अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको अध्यक्षमा पर्वत खालिङ राई, उपाध्यक्षमा विष्णु खालिङ राई, सचिवमा जेट बहादुर खालिङ राई, सह–सचिवमा कविता खालिङ राई, कोषाध्यक्षमा मेनुकला खालिङ राई सहित १३ सदस्सीय नयाँ कार्यसमिति चयन गरिएको छ । नयाँ कार्यसमितिको ३ वर्षे कार्यकाल रहने अध्यक्ष पर्वत खालिङ राईले जानकारी दिए ।
अधिवेशन कार्यक्रममा निवर्तमान अध्यक्ष खड्ग बहादुर खालिङ राईको सभापतित्व तथा प्रमुख आतिथी शसस्त्र प्रहरी उपरिक्षक काजी खालिङ राई, विशिष्ट अतिथि किरात खालिङ राई उत्थान संघ केन्द्रीय कार्यलय काठमाण्डौका वरिष्ठ उपाध्यक्ष बलबहादुर खालिङ राई लगायतको उपस्थिति रहेको थियो ।
वि.सं. २०७० सालमा स्थापना भएको संघले मोरङ सुनसरी जिल्लाभित्र रहेका समस्त खालिङ राईहरुलाई एकिकृत गरी लोप हुन लागेका भाषा, संस्कृति, लिपि आदिको जगेर्ना गर्ने उद्देश्य रहेकोे अध्यक्ष राईले बताए ।

प्रकाशित मिति : ८ मंसिर २०७५, शनिबार  ६ : ४८ बजे