काठमाडौं । गीतकार संगीता बायुङ राईको शब्दरचना रहेको ‘नजाउ चेली विदेश’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली चेलीहरुलाई विदेशी भूमिमा कामदारको रुपमा नजान आग्रह गर्दै गीतकार बायुङको कारुणिक र मर्मस्पर्शी सन्देशमूलक गीतको म्युजिक भिडियो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

विदेशी भूमिमा हजारौं नेपाली चेलीहरु कामदारको रुपमा अझै पनि कार्यरत छन् । विशेष गरी घरेलु कामदारका रुपमा रहेका नेपाली चेलीहरुको अवस्था त झन दयनीय र कारुणिक छ । नजाउ न चेली विदेश, आफ्नो जन्मभूमीलाई छाडी । गर मेहनत आफ्नै देशमा, हनेछौं भाग्यमानी । बाउ माइतीको आशिष लाग्नेछ । चेली तिम्रो आफ्नै देशमा सम्मान हुनेछ, भन्दै गीतकार बायुङले नेपाली चेलीहरुलाई विदेश नजान आग्रह गरेका छन् ।
बायुङको सन्देशमूलक गीतमा जितेन वान्तावाले मर्मस्पर्शी आवाज दिएका छन् । गीतमा संगीत पनि वान्तावाकै रहेको छ । एरेञ्ज भने पावल चाम्लिङ राईले गरेका छन् । म्युजिक भिडियोमा चर्चित कलाकार सूरवीर पण्डित, शकु शाह र अविनले जीवन्त अभिनय गरेका छन् । म्युजिक भिडियोलाई पावल चाम्लिङ राईले निर्देशन गरेका हुन् ।
११ मंसिर २०७५, मंगलबार
840
Shares







