३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

कथाकार वियस राईको ‘हिउँमाझी’ लोकार्पण हुँदै



काठमाडौं । कथाकार वियस राईको कथाकृति ‘हिउँमाझी’ लोकार्पण हुने भएको छ । उच्च हिमाली बस्तीको दैनिकी, समस्या र समुदायको यथार्थ घटनालाई ‘हिउँमाझी’मा समेटिएको छ ।

कथाकार राईद्धारा लिखित कथाकृति ‘हिउँमाझी’ मंसिर १५ गते शनिबारका दिन दिउँसो २:४५ बजे मण्डला नाटकघर अनामनगरमा लोकार्पण हुने कथाकार वियस राईले बताए । वष्ठिक साहित्यकार तिलविक्रम नेम्बाङ ‘वैरागी काईला’को प्रमुख आतिथ्यतामा कथाको लोकापर्ण हुने भएको हो । कथाकृति माथी साहित्यकारहरु कृष्ण धाराबासी, उज्जवल प्रसाई र बन्दना ढकालले टिप्पणी गर्नेछन् ।
कथाकृतिलाई फिनिक्स बुक्सले मुद्रण गरेको हो । कथाकार राई सोलुखुम्बु नेचासल्यान-२, केराबारीका स्थानीय बासिन्दा हुन् ।

प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार  ३ : ४० बजे