खोर्सानी विक्री गरेरै लाखौं आम्दानी

Facebook Debugger

सन्तोष रुचाल/धनकुटा, ११ असोज । धनकुटा जिल्लाका किसानले खोर्सानी विक्री गरेरै लाखौं आम्दानी गर्न थालेका छन् । बायोमार्सल जातको खोर्सानी खेती गर्न थालेपछि गतिलो आम्दानीको श्रोत बनेको किसानले बताएका छन् ।
आँखिसल्ला गाविस–९ बेलटारका मेमबहादुर राईले १० रोपनी जग्गामा लगाएको खोर्सानीले यो बर्ष मात्रै एक लाख भन्दा बढी आम्दानी गर्नु भएको छ । अझै २ लाख बराबरको खुर्सानी उत्पादन हुने राईले बताउँनु भयो । धनकुटाको बेसीफाँटका किसानले बायोमर्सल खोर्सानीबाट गतिलो आम्दानी गर्न थालेका छन् । गाउँमा सडक विस्तारसँगै यातायातको साधान पुगेपछि खोर्सानी खेतीले व्यवसायिक रुप लिन थालेको छ । पहिले २÷४ सय वटा स्थानीय लोकल खोर्सानीको विरुवा रोप्थ्यौ । त्यसले नुनतेल खाने पैसाको जोहो हुन्थ्यो । तर अहिले ४÷५ हजार विरुवा रोप्न थालेका छौ । त्यसैले परिवारको सम्पुर्ण खर्च पुगेको छिन्ताङ गाविस–८ घंघरीका किसान गंगामाया थापाले बताउँनु भयो ।
जिल्ला कृषि विकास कार्यालयको धनकुटा तथ्याङ्क अनुसार तमोरको किनारमा रहेको आँखिसल्ला, छिन्ताङ, आहाले, महाभारत, बुढिमोरङ, बोधे, खुवाफोक, धनकुटा नगरपालिका, लगायतको क्षेत्रमा बायोमार्सल जातको खोर्सानी खेती हुने गरेको छ । जिल्लामा ७ हजार परिवार किसानले करीब १ हजार हेक्टर जमीनमा खोर्सानी खेती गरेका छन् । गएको बर्ष मात्रै बायोमार्सल जातको खोर्सानीबाट एक करोड ३० लाख आम्दानी भएको जिल्ला कृषि विकास कार्यालय धनकुटाले जनाएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार