२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

असन्तुष्ट पक्षको माग १२ औँ महाधिवेशन विधानअनुसार गर्नुपर्ने


१४ मंसिर २०७५, शुक्रबार  

133
Shares

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घका असन्तुष्ट पक्षले १२ औँ महाधिवेशन तत्काल गर्न माग गरेका छन् । आज आयोजित पत्रकार सम्मेलन मा बोल्दै सहमहामन्त्री हरिहर शर्माले सङ्घको विधानअनुसार तत्काल अधिवेशन गर्न माग गरका हुन्।

बहुमत रहेको केन्द्रीय सदस्यहरूको भावना र विधानविपरीत तोकिएको १२ औँ महाधिवेशनको मिति बारम्बार सार्दै जाँदा सङ्घ कमजोर हुँदै जानेछ, नेविसङ्घलाई व्यक्तिगत झुण्डको स्वार्थका आधारमा प्रयोग नगर्न समेत जानकारी गराए।

पार्टीको सो परिमार्जित विधानसमेत विद्यार्थीको हितमा नभएको सहमहामन्त्री शर्माको आरोप छ । प्रदेश अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्ने व्यवस्थाले प्रदेशभित्रका थोरै प्रतिनिधि भएका जिल्लाहरू छुट्ने र धेरै प्रतिनिधि भएको जिल्लाको मात्रै सहभागिता हुने हुँदा यसले सङ्गठनमा असमानताको स्थिति र्सिजना गर्ने कार्यक्रममा बताए ।

आयोजित कार्यक्रममा महाधिवेशनको विकल्प महाधिवेशन नै भएको भन्दै उक्त समूहले तोकिएको समयमा सबै प्रक्रिया पूरा गरी महाधिवेशन गर्न माग गरेको छ । कार्यक्रममा सङ्घका केन्द्रीय सदस्य तेज बानियाँ, कल्पना खड्का र भोला नेपालले सङ्घको महाधिवेशन समयमै हुनुपर्ने र विवादलाई अन्त्य गरी विद्यार्थी आन्दोलनलाई माथि उठाउन लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार  ११ : २१ बजे