३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

कम्बोडियाली प्रधानमन्त्री र राष्ट्रपति भण्डारी बीच भेटवार्ता


१४ मंसिर २०७५, शुक्रबार  

91
Shares

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालको औपचारिक भ्रमणमा रहेका कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएकोे भेटवार्तामा नेपालका तर्फबाट राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृत तथा कम्बोडियाका उच्च सरकारी अधिकारीसमेत को उपस्थिति थियो । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री सेन बिहीबार काठमाडौँ आइपुगेको हो । सो सम्मेलन आगामी शनिबारदेखि आयोजना हुँदै छ ।

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार  १२ : ०८ बजे