काठमाडौं । पत्रकार रिता राई ‘राराहाङ’द्धारा लिखित तथा संकलित वान्तावा राई भाषाको ‘चेइन्यान्ओ यङ’ शव्दसङ्ग्रह प्रकाशित भएको छ । वान्तावा राई मातृभाषा पत्रकारितामा अव्बल स्थान बनाएकी राईले छोटो समयमै शिखरको बाटो चुमिन् ।

इलाम जिल्लाको माइमझुवा लगायत अन्य क्षेत्र, सिक्किममा बोलिने बोलचालको वान्तावा राई भाषालाई टपक्कै टिपेर शव्दसङ्ग्रहित गरी शव्दकोष तयार पारेका हुन् । उनले पत्रकारिता शुरु गर्दा नेपाली पत्रकारिताको स्थिति नाजुक थियो । ‘सबैले साँघुरो भनेर हिड्न नचाहेको बाटो उनले रोजिन,’ पत्रकार सन्दिप राईले भने, ‘त्यही बाटो भएर उनी अहिले फराकिलो राजमार्गमा आइपुगिन् ।’
इलाम जिल्लाबाट पत्रकारिता शुरु गरेकी राई हाल कान्तिपुर एफ.एम.मा वान्तावा राई भाषाको कार्यक्रम सञ्चालन गर्छन् । किरात राई पत्रकार संघ इलामको अध्यक्ष, नेपाल पत्रकार महासंघ इलामबाट पार्षद, किरात राई पत्रकार संघ केन्द्रीय सचिवहुँदै हाल उनी इन्डिजिनियस टेलिभिजनमा विगत दुई वर्ष देखि राई बान्तावा भाषाको ‘आन खिम आन यन’ कार्यक्रम उत्पादन गरी सञ्चालन गरिरहेका छन् । यसको साथै हाल उनी किरात राई पत्रकार संघ केन्द्रीय उपाध्यक्ष छन् ।

१४ मंसिर २०७५, शुक्रबार
301
Shares







