२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

ओङ्छुले ठग्यो भन्दै पीडितहरुले बोले, के भनेका थिए ओङ्छुले टेलिभिजन कार्यक्रममा ? हेर्नुहोस !



काठमाडौं । केहि दिन अघि अष्ट्रेलियाबाट बोलेको भन्दै सिधाकुरा जनतासँग टेलिभिजन कार्यक्रममा स्काईभ मार्फत लाईभ आएका ओङ्छु शेर्पाले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाबाट पीडित भएको आरोप लगाएका थिए । तर ओङ्छुले लगाएको आरोप निराधार, कपोकल्पित र भ्रामक भएको भन्दै दुताबासले प्रेस विज्ञप्ती जारी गरिसकेको छ ।
समाजसेवी आङकामी शेर्पाको फेसबुक लाईभ मार्फत ओङ्छुबाट पीडितहरुसँग कुराकानी गरेका छन् । ‘आठ महिना अघिसम्म ओङ्छुसँग म फेसबुक मार्फत अनलाईनमा कुरा गरेका थियौं,’ आङकामी शेर्पाले भने, ‘ओङ्छुले अष्ट्रिेलिया लैजाने भन्दै पैसा लिएको सबै कुरा गरेका थिए, मैले ओङ्छुलाई भनेको थिए हामी सबै लाईभमा बोलौं भन्दा ओङ्छुले तपाईलाई मेरो लाईभ गर्ने अनुमति छैन भन्दै सम्पर्क विच्छेद गरेका थिए ।’
आङकामी शेर्पासँग फेसबुक लाईभमा बोल्दै ङिमा शेर्पाले भने, ‘ओङ्छु शेर्पाले मलाई अष्ट्रेलिया लैजान्छु भनेर मैले पैसा दिएको हो, पछि पैसा लगेर सम्पर्क बिहिन भयो । डिपेन्डेन्ट भिषामा लैजान्छु भन्यो । उनको श्रीमतीसँग डिभोर्ष गरेर अष्ट्रेलिया लैजान्छु भनेको थियो । श्रीमतीसँगको डिर्भोसको पेपर सबै अदालतमा छ भनेर भन्यो । इन्डियामा ६ महिना बसेर म अमेरिका जादैछु भनेको रहेछ । त्यत्ति बेला लक्की शेर्पा राजदूत बनेका थिएनन् । तर ओङ्छुले राजदूतले पैसा लिएको आरोप लगाएको छ । उसलाई मैले चिनेको २ वर्ष भएको थियो ।’
अर्का पीडित तेम्बा शेर्पाले पनि फेसबुक लाईभ मार्फत भने, ‘पैसा ओङ्छु शेर्पालाई नै पठाएको सबै प्रमाण मसँग छ । उसले लगेको पैसा विस्तारै तिर्न सक्छ भने समय दिएको हो । तर पैसा दिनुको साटो टेलिभिजन कार्यक्रममा स्काईभमा लाईभ दिएर आफ्नो कर्तुत ढाक्ने दुष्प्रयास ग¥र्यो । मैले १० हजार ७ सय डलर ओङ्छुको नाममा जम्मा गरेको हो ।’
ओङ्छुसँग टसी शेर्पा पनि पीडित भएको गुनासो गरे । उनले भने, ‘पहिला नेपालमा बस्दा हामी एउटै घरमा बस्थ्यौं । मैले ४ लाख पैसा दिएको हो । मेरो घरायसी व्यवहारमा कुरा मिलेन भनेर मैले ओङ्छुलाई भन्दा ऊ गायब भयो । एक वर्षभित्र तपाईको पैसा दिन्छु भन्यो, तर एक वर्षपछि पनि दिएन । घरमै वकिल ल्याएर कागजात बनाए पनि दिएन । २०७२ साल असारको ३ गते कागज गरेको हो । २०७३ सालपछि ओङ्छु गायब भएको हो । सुन बेचेर मैले पैसा दिएको थिए । उसको श्रीमतीलाई पनि यत्ति धेरै चोटी पैसा मागे । मेरो समस्या पनि उनीहरुलाई थाहा थियो, तर दिएनन् । ओङ्छुले यत्तिसम्म गर्छ भनेर मैले सोचेको पनि थिएन ।’
पेमा शेर्पा र ङिमा शेर्पा पनि ओङ्छुसँग पीडित भएको भन्दै लाईभमा आएका छन् । विदेश लैजान्छु भनेर मात्र होइन भूकम्प पीडितको नाममा ट्याक्सी निकालिदिन्छु भन्दै केहिलाई प्रतिव्यक्ति ५०/६० हजार पैसा लिएको समेत पीडितले आरोप लगाएका छन् । पेमाले भने, ‘ओङ्छुले ६० हजार एक जना बाहुनको एकाउण्टमा लगाउन लगायो । पछि ५ लाख डिपोजिट गर्न लगायो । पछि उसको सबै कुरा थाहा पाए । पैसा फिर्ता माग्दा ६० हजार चाँहि फिर्ता दियो । ५ लाख चाँहि अझै बाँकी छ । पैसाको कारोबार चाँहि ओङ्छुसँगै नै गरेको हो ।’ अर्का पीडित ङिमा शेर्पाले भने, ‘मैले ६ लाख रुपीयाँ ओङ्छुको श्रीमतीको नाममा बैंकमा हालेको हो । ओङ्छु फेसबुकमा साथी थियो, तर पछि ब्लग गरिदियो । लक्की शेर्पासँग कुनै लेनदेन छैन् । अष्ट्रेलिया लान्छु भनेर मैले पैसा दिएको हो ।’
अष्ट्रेलियाका लागि नेपाली राजदूताबासमा खाना पकाउनका लागि ओङ्छुलाई अष्ट्रेलिया लगिएको थियो । केहि समय खाना पकाउने काम गरेपछि उनी गाडि पनि चलाउन जान्ने भएकाले नेपाल सरकार समक्ष अनुमति लिई उनलाई दुताबासको गाडि चलाउन दिइएको बताइएको छ । समाजसेवी आङकामी शेर्पा दाबीका साथ भन्छन्, ‘मैले शुरुमा त ओङ्छु शेर्पानै पीडित रहेछन् भनेर धेरै कुराकानी गरे, तर उनी विरुद्धमा धेरै आरोप प्रत्यारोप आएपछि वास्तविक कुरा के हो ? फेसबुक लाईभमा कुरा गरौं भन्दा तपाईलाई मेरो लाईभ गर्ने अनुमति छैन भन्दै सम्पर्क बिच्छेद भएका थिए ।’ त्यसपछि उनी आङकामीसँग अहिलेसम्म सम्पर्कमा छैनन् । त्यसैले ओङ्छुकै गल्ती भएको देखिन्छ, आङकामीले भने ।
यसो भनेका थिए ओङ्छुले टेलिभिजन कार्यक्रममा जस्ताको तस्तै ! 
म २०१७ जुन ९ तारिखमा क्यानबेरा नेपाली एम्बेसीमा कामको शिलशिलामा आएको थिए । म एउटा डाइभरको हिसाबले काम गर्दाखेरी त्यसभित्र धेरै ईलिगल कुराहरु भयो । त्यो ईलिगल कुराहरु हुँदै जाँदाखेरी मैले अक्टोबर १७ तारिखमा मैले यहाँको परराष्ट्र मन्त्रालयमा रिर्पोट गरे । रिर्पोट गर्दाखेरी यहाँको श्रम मन्त्रालयमा उजुरी पुग्यो । उजुरी पुगी सकेपछि मैले राजदूत माथि मुद्धा हालेको थिए । त्यो बीचमा राजदूतले धेरै मान्छे ल्याउने गरेको हुनाले त्यो व्यक्तिहरुबाट उठाएको पैसा मैले उठाएको हुनाले त्यसको जीम्मेवारी मै थिए । त्यसो भएकाले मैले सबै पीडितहरुको पैसा फिर्ता दिनुको लागि र त्यस्तो घटना नदोहो¥याउनको लागि कदम चाल्दाखेरी पीडितहरु सबै राजदूतको पक्षमा लागेर मेरो श्रीमतिलाई मे २० मा जेल चलान गरेको छ । वैदेशिक रोजगारको कागज बनाएर । वैदेशिक रोजगारको कागज बनाएको ६ महिना भैसक्यो । ६ महिना भैसक्दा पनि अहिलेसम्म केहि सुनुवाई हुन सकेको छैन सर ! यहाँ आउँदा चाँहि मैले कुल रकम ३३ लाख ५० हजार तिरेको, मैले उहाँको श्रीमान र उहाँको भाईशुद्ध गरेर तिरेको हो ।

ओङ्छु शेर्पा, टेलिभिजन कार्यक्रममा बोल्दै ।

यो मैले कुनै आरोप लगाएको होइन, मसँग प्रत्येक कुराकानी गरेको रेकर्ड छ । र राजदूत आफैले कागज गरेको जुन मैले ६४ लाख पैसा लिएको । जुन मेरो श्रीमतीको डकुमेन्ट परराष्ट्रबाट पनि दिएको थियो । नर्भिक हस्पिटलबाट मेडिकल गरेको रिर्पोट पनि मसँग छ । र सबै एबिडेन्स मसँग छ । यहाँको अष्ट्रेलियन फेड्रेल पुलिसले पनि केश हेरेको हो । र हेरिसकेपछि एउटा डेभ्लोमेटिक ह्युमिनिटीको कारणले उहाँहरु माथि एक्सन लिनु सकेन भन्यो । यो मेरो क्यानबेरा एम्बेसीमा मात्र होइन । पाकिस्तन एम्बेसीमा पनि घटना भएको छ । २०/२२ वटा केश पनि आएको छ । अष्ट्रिेलियामा आउँदाखेरी अरु पनि आउने व्यक्तिबाट रकम लिएको हो । त्यो रकम चाँहि मेरो श्रीमतीको खातामा पनि गको हो, नगको होइन, ६ लाख रुपैयाँ गको रहेछ । र मेरो यहाँको खातामा पनि आएको रहेछ । त्यसको विवरण मैले यहाँको फेड्रेल अष्ट्रिेलियन पुलिसलाई पनि दिएको छु । त्यसको विषयमा पनि सबै कुरा भनेको छु । लास्ट ईयरको नोभेम्बरको २१ मा चाँहि म त्यहाँबाट निस्केको हो । निस्कीसकेपछि मैले पीडितहरुसँग पनि कुरा गरे । कुरा गरीसकेपछि हाम्रो पैसा फस्यो कसले दिने भन्ने कुरा भयो । मैले भने अब मुद्धा लड्दै छु । अब मुद्धा लडिसकेपछि यसको छानविन कसरी हुन्छ, त्यो हेरेर चाँहि हामी गरौला भनेर भन्दखेरी पछि बारम्बार उनीहरुले लक्की शेर्पालाई लगाएको मुद्धा फिर्ता लिन दबाव दिए । र त्यो दबाव दिएको रेकर्ड पनि सबै यहाँ मसँगनै छ । त्यसपछि मेरो श्रीमतीसँग चाँहि वैदेशिक रोजगारको कागज गरेछ । अनि कागज गरिसकेपछि फेक एलिगेशन लगाएछ । फेक एलिगेशन चाँहि एक जना दिदीले पनि लगाए छ । की यसको श्रीमानले अष्ट्रेलिया लान्छु भनेको थियो । त्यस कारणले मसँग ४ लाख पैसा लिएको हो भनेर भनेछ, त्यो चाँहि झुठो हो ।
राजदूतले मान्छे ल्याउने कुरा भो, शुरुमा चाँहि केटी ल्याउने कुरा भो । केटी मन्छी ल्याउने कुरा हुँदाखेरी उहाँले फेरी मान्नु भएन । नमानीसकेपछि केटा मन्छी ल्याउने कुरा भो । केटा मान्छे ल्याउने विषयको कुरा हुँदाखेरी चाँहि सिंगापुरको तेम्बाको भाई निमदावा शेर्पालाई ल्याउने कुरा भयो । तेम्बासँग मेरो डाइरेक्ट कुरा भएको पनि होइन । फेसबुकमा चिनाजान भएर सिंगापुरमा भेटेर त्यत्तिकै बोलचालमा चाँहि कुरामा कुरा निस्किदा उसको भाई आउने कुरा भएको थियो । उसको भाईले १४ लाख पैसा तिर्ने तयार पनि भएको थियो । १४ लाख पैसा लिएको पनि हो । अनि त्यो पैसा घुमेर कहाँ गयो भने लक्की शेर्पाको नयाँपाटीमा दुई रोपनी जग्गा छ । जुन जग्गाको सबै कागजात मसँग पनि छ यहाँ । त्यो जग्गामा लगानी भएको पनि प्रत्येक बील मसँग छ एक सय एक । अनि त्यो पैसा सबै घुमेर त्यहाँ गएको छ । अनि त्यहाँ जाँदाखेरि उहाँहरुले के देख्यो भने सिधा मैले खाएको देख्यो । तर वास्तविका त्यो होइन । त्यो पैसा सबै त्यहाँ लगानी भएको छ । यदि मैले बोलेको कुरा झुठो भए कानूनी रुपमा सजाय भोग्न तयार छु । र राजदूतले ६४ लाखको कागज गरेको पेपर मसँग छ । जुन पैसा मैले लिएको पनि थिएन । त्यो पैसा चाँहि ओङ्छु शेर्पाले लिएको भनेर एउटा कागज गरेको मसँग छ । त्यो कागज गर्दाखेरीको भ्वाइस रेकर्ड मसँग सुरक्षित छ अहिले पनि ।
यो पनि पढ्नुहोस । 

‘ओङ्छु शेर्पाले लगाएको आरोप निराधार’ : राजदूत शेर्पा

प्रकाशित मिति : १५ मंसिर २०७५, शनिबार  ९ : १५ बजे