२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

पेस्तोेल र गोलीसहित शिशिर श्रेष्ठ पक्राउ



काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको विशेष टोलीले मंगलबार काठमाडौंको कमलपोखरीबाट एउटा अवैध पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर जिल्लाको चाँपागाउँ घर बताउने २४ वर्षिय शिशिर श्रेष्ठ छन् ।

सशस्त्र प्रहरी बलको विशेष टोलीले उनको साथबाट ७.६२ एमएमको अटोमेटिक पेस्तोल बरामद गरेको छ । त्यसवेला उक्त पेस्तोल सँगै एउटा म्याग्जीन समेत बरामद गरिएको छ । उक्त पेस्तोलमा मेडईन यूएसए लेखिएको छ ।
श्रेष्ठको साथमा अवैध पेस्तोल रहेको भन्ने खबर प्राप्त भएपछि खटिएको सशस्त्र प्रहरी बलको विशेष टोलीले कमलपोखरी स्थित एक रेस्टुरेन्टबाट अपरान्ह पाँच बजे पक्राउ गरेको हो ।

प्रकाशित मिति : १८ मंसिर २०७५, मंगलबार  ६ : ०६ बजे