२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

‘सोलुखुम्बु पत्रकारिता पुरस्कार’ स्थापना, यस वर्षदेखि प्रदान गरिने



सोलुखुम्बु । नेपाल पत्रकार महासंघ सोलुखुम्बुले ‘सोलुखुम्बु पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । महासंघका अध्यक्ष मनोजकुमार श्रेष्ठको अध्यक्षतामा बसेको शाखाको बैठकले यसै वर्षदेखि प्रत्येक वर्ष दुई जना पत्रकारलाई ‘सोलुखुम्बु पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो ।

सोलुखुम्बु जिल्ला शाखाका क्रियाशिल सदस्यहरुमध्ये एक महिला र एक पुरुष पत्रकारलाई प्रत्येक वर्ष नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरिएको सचिव शिखरजंग श्रेष्ठले जानकारी दिए । बैठकले पुरस्कारका लागि छनोट समिति समेत गठन गरेको छ ।
बैठकले जिल्ला शाखाको तेश्रो साधारण सभा यहि मंसिर २९ गते सल्लेरीमा गर्ने समेत निर्णय गरेको छ । जिल्ला शाखाले सदस्यता नविकरण र नयाँ सदस्यताका लागि मंसिर मसान्तसम्मको म्याद तोकेको छ ।
एभरेष्टखबरबाट ।

प्रकाशित मिति : २० मंसिर २०७५, बिहिबार  ४ : १७ बजे