२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

सोलुको सल्यानमा जीप दुर्घटना, चालक सख्त घाईते



सोलुखुम्बु । सोलुखुम्बुको सल्यानमा जीप दुर्घटना भएको छ । आईतबार विहान ७ बजे सल्लेरीका लागि यात्रु उठाउन गएको ना १ ज ३६६० नम्बरको सुमो जीप नेचासल्यान गाउँपालिका २ सल्यान राईडाँडाको घुम्तीवाट करिब एकसय मिटर खस्दा चालक सख्त घाईते भएका हुन् ।

घाईते चालक नवराज ढुंगानाको प्राथमिक स्वास्थ्य केन्द्र सल्यानमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ लैजाने तयारी भईरहेको अस्थायी प्रहरी चौकी सल्यानका असही ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।
चालक नेचासल्यान गाउँपालिका १ सल्यानका हुन् भने उनीसँग सवारी चालक अनुमति पत्र समेत नभएको खुल्न आएको छ । राईडाँडाको घुम्तीमा व्याक गरी जिप घुमाउने क्रममा भिरवाट खसेको प्रहरीको भनाई छ । जीपमा सवार सल्यानका एक यूवा भने हामफालेर बाच्न सफल भएका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०७५, आइतबार  १२ : १६ बजे