३५ हजार फीट माथि उडिरहेको जहाजमा जन्मियो बच्चा

287 Shares

मुम्बई । उडिरहेको जहाजमा बच्चा जन्मिएपछि केही बेर जहाजभित्र असहज परिस्थिीतिको सामना गर्नु परेको थियो । साउदी अरबको दमास्कसबाट भातको कोच्चि आती फ्लाइटमा ३५ हजार फीटको उचाइमा महिलाले बच्चा जन्माएपछि विमानलाई आकस्मिक अवतरण गर्नु चालकदलका सदस्यहरु बाध्य बने ।
महिलाको डेलिवरी भइरहेको समयमा विमानलाई मुम्बई विमानस्थलमा आपतकालिन अवतरण गरिएको थियो । जेट एयरवेजले यस बच्चालाई जीवनभर विमान यात्राका लागि फ्रि टिकट दिने घोषणा गरेको छ । जेट एयरवेजले यस बच्चाका लागि एक फ्री पास जारी गरेको छ । जसको प्रयोगबाट उनले जतिपनि यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार जेट एयरवेजको फ्लाइटमा यो पहिलो पटक भएको हो । यसअघि अप्रिल २०१७ मा तुर्की एयरलाइन्सको एक विमान एक महिलाले एक बच्चालाई जन्म दिएपछि उक्त समाचारले पनि भाइरल भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार