२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

गाउँपालिका अध्यक्ष असिम राईले भने, ‘थुलुङ भाषा शिक्षक कोटाको व्यवस्था गर्छु,’



काठमाडौं । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम थुलुङ राईले आफ्नो गाउँपालिकामा आगामी शैक्षिक सत्रदेखि भाषाको शिक्षक कोटाको व्यवस्था गर्ने बताएका छन् । थुलुङ राई संस्कृति प्रतिष्ठानले शुक्रबार सुम्निमा हल काठमाडौं कोटेश्वरमा आयोजना गरेको पाँचवीर राईद्वारा लिखित थुलुङ भाषाको व्याकरण ‘नाम्स्योर थुलुङ बोक्छेम’ सार्वजनिक कार्यक्रममा अध्यक्ष थुलुङले सो कुरा बताएका हुन् ।

अध्यक्ष राईले भने, ‘भाषाको योग्य शिक्षक तयार होस, कोटाको व्याबस्था गाउँपालिकाले गर्छ ।’ थुलुङ भाषाको कक्षा १ को पाठ्यपुस्तक निर्माण भएर थुलुङभाषीको बाहुल्य क्षेत्रमा पढाइ हुँदै आएको छ । हाल २ कक्षाको पठ्यक्रम बन्दै गरेको खुक्सङ खम्बु राईले बताए ।निर्वाचनअघि स्थानीय तहको नाम दुधकौशिका थियो । असिम राईको नेतृत्वमा स्थानीय सरकार गठन भएपछि गाउँसभाले निर्णय गरेर उक्त नाम थुलुङ दुधकोशी बनाएका हुन् । नाम परिवर्तन गर्न निक्कै संघर्ष गर्नुपरेको अध्यक्ष राईले स्मरण गरे ।
थुलुङ राई संस्कृति प्रतिष्ठानको अध्यक्ष निर्कुधन राईको सभापतित्वमा भएको कार्यक्रममा किरात राई प्रज्ञा प्रतिष्ठानको कुलपति जय राई, डा शुखराज राईलगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार  ४ : १३ बजे