२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

बारा जिल्लाका किरातीहरुले धुमधामका साथ मनाए उधौली साकेला



बारा । बारा जिल्लाका किराती समुदायका किरातीहरुले धुमधामका साथ उधौली साकेला चाड मनाएका छन् । किरात राई यायोखा जिल्ला शाखा बाराको आयोजनामा ५०७९ औं किरात येले सम्वतको अवसरमा उधौली चाड मनाएका हुन् ।

किरात सँस्कृति झल्काउने झाँकी सहित किराती समुदायको उधौली चाडमा दिँदै आएको बिदा कटौतिको समेत बिरोध गरिएको थियो । कार्यक्रममा पम्पेलेट तथा कार्डमा किराती चाडमा दिँइदै आएको बिदा लागू गर भन्ने नारा लेखिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जितपुर सिमरा वडा नं १ का अध्यक्ष हिराबहदुर गुरुङ थिए, भने शुरेस राईको सभाध्यक्षको कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन किराय बाराका सचिव प्रबिन राइले गरेका थिए । कार्यक्रमका अतिथिहरु दिनेश राई, नेकपा केन्द्रीय सदस्य, भुवन राई, आदिबासी जनजाती प्रदेस समन्वय परिसद २ का सहसंयोजक, रामदास धौजु, बारा आदिबासी जनजातिका अध्यक्ष, श्याम तामाङ, तामाङ, घेदुङ बाराका अध्यक्ष, नेपाल तामाङका अध्यक्ष ध्रुब लामा, मगर संघ बाराका उपध्यक्ष यामबहादुर जर्गा, भिमेश्वर सामुदायिक वनका अध्यक्ष पेशल मुल्मीको उपस्थित रहेको थियो । अतिथिलाई स्वागत मन्तव्य नरबहादुर राईले गरेका थिए ।

प्रकाशित मिति : ७ पुस २०७५, शनिबार  ४ : ११ बजे