२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

कटारी गल्टारमा आगलागी हुँदा ३ करोडको क्षति



गाईघाट । उदयपुर जिल्लाको कटारी नगरपालिका–८ स्थित गल्टारको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीको एउटा ट्र्याङ्करमा आगलागी हुँदा एक ट्र्याङ्कर र एक स्काभेटर जलेर नष्ट भई तीन करोड मूल्यको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईका अनुसार गए राति ११ बजेतिर अचानक ट्र्याङ्करमा आगलागी हुँदा तेलसमेत जलेको र एक स्काभेटरसमेत जलेर नष्ट भएको छ ।
आगलागी भएपछि प्रहरी र स्थानीयवासीसहित कटारी नगरपालिकाको दमकलले आगलागी नियन्त्रण गरेको तर पनि ट्र्याङ्कर र स्काभेटर जलेर नष्ट भएको उपरीक्षक राईले बताए । आगलागी कसरी भयो वा कस्ले गरायो भन्नेबारे अहिले इलाका प्रहरी कार्यालय कटारीले अनुसन्धान शुरु गरेको छ भने प्रारम्भिक अनुमान अनुसार तीन करोडको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

प्रकाशित मिति : ९ पुस २०७५, सोमबार  २ : ५२ बजे