२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

सुख्खाग्रस्त क्षेत्रका खडेरीपीडित किसानले राहत पाए


९ पुस २०७५, सोमबार  

119
Shares

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाका सुख्खाग्रस्त क्षेत्रका खडेरीपीडित किसानलाई राहत रकम वितरण गरिएको छ । प्रदेश सरकारको रु २४ लाख ३० हजार र गाउँपालिकाको रु १० लाख ४० हजार ४० गरी कूल रु ३४ लाख ७० हजार ४० रकम यहाँ आयोजित कार्यक्रममा खडेरीपीडित किसानलाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले बताए ।

सो आठराई गाउँपालिका–४, ५, ६ र ७ का सुख्खाग्रस्त क्षेत्रबाट प्रभावित किसानलाई राहत वितरण गरिएको हो । सुख्खाग्रस्त क्षेत्रका ४८६ घरधुरीलाई प्रतिघरधुरी रु सात हजार १४० का दरले राहत रकम वितरण गरिएको अध्यक्ष लिम्बूले बताए ।

सो आठराई गाउँपालिकाको विपत् व्यवस्थापन कोषअन्तर्गत आठराई गाउँपालिकामा रहेका असहय रोगी तथा विपत्मा परेका नागरिकलाई रु तीन लाख ४५ हजार रकम वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद दाहालले बताए ।

प्रकाशित मिति : ९ पुस २०७५, सोमबार  ७ : ४२ बजे