२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

देउरालीमा बस दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते


१४ पुस २०७५, शनिबार  

175
Shares

भोजपुर । भोजपुर नगरपालिका–६ देउरालीमा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

भोजपुर बसपार्कबाट धरानको लागि आज बिहान ११ बजे छुटेको को १ ख ३०५९ नं को बस ब्रेक फेल भई अनियन्त्रित भएर सडकमा पल्टिँदा भोजपुरको अरुण गाउँपालिका–३ प्याउली बस्ने ५० वर्षीय हेमकुमारी कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।

बसमा सवार १८ जना यात्रुमध्ये आठजना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल भोजपुर सिद्धकाली हस्पिटलमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७५, शनिबार  ८ : ४० बजे