१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

बासाखाली माविको स्वर्ण महोत्सव तयारी अन्तिम चरणमा

विदेश र काठमाडौंबाट गाउँ फर्किने क्रम सुरु



काठमाडौं । बासाखाली माध्यमिक विद्यालय, राप्छाको स्वर्ण महोत्सव २०७५ को तयारी अन्तिम चरणमा पुगेको छ । ‘व्यवसायिक गुणस्तरीय शिक्षा, हाम्रो अभियान’ भन्ने मुल नाराका साथ यही आउँदो पुस २७ गतेदेखि माघ १ गतेसम्म मनाउन लागिएको स्वर्ण महोत्सवका लागि आर्थिक संकलन तथा अन्य व्यवस्थापकीयलगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको स्वर्ण महोत्सव मुल आयोजक समारोह समितिले जनाएको छ ।

समितिकाअनुसार प्रतिनिधि सभा सदस्य हेमकुमार राई (सुरवीर)को प्रमुख आतिथ्यता तथा प्रदेश सभा सदस्यद्धय बुद्धिकुमार राजभण्डारी र उत्तमकुमार बस्नेतको विशिष्ट आतिथ्यता रहने उक्त स्वर्ण महोत्सवमा जिल्लाका जनप्रतिनिधिहरु, शैक्षिक संघसंस्था, सामाजिक संघसंस्था, जिल्लाका उच्चपदस्थ अधिकारी, विदेशी दातृ संघसंस्था, शिक्षापे्रमी, समाजसेवीहरुको सहभागिता रहने छ । मुल आयोजक समारोह समितिका संयोजक जसे राईले स्वर्ण महोत्सवका लागि सबैलाई निमन्त्रणा गरिसकिएको बताउँदै प्राविधिक कारणले निमन्त्रणा नपुखेको खण्डमा सञ्चारमाध्यमबाट सम्पे्रसन भएको सूचना तथा समाचारलाई नै आधिकारिक निमन्त्रणा मानेर कार्यक्रममा उपस्थित भईदिनको लागि अपिल गरे ।
स्वर्ण महोत्सवमा खुल्ला र विद्यालयस्तरीय विभिन्न प्रतियोगिताहरुका साथै ख्यातिप्राप्त कलाकारहरुको बेजोड मनोरञ्जनात्मक सांगीतिक प्रस्तुति रहने छ । सो अवसरमा विद्यालयस्तरीय छात्रा भलिबल, पुरुष फुटबल, गेसिङ वर्ड, हिसाब दौड, हाजिरिजवाफ, छात्रा÷छात्रा मिनी म्याराथन, निबन्ध तथा नृत्य प्रतियोगिता आयोजना हुँदैछ भने खुल्लातर्फ पुरुष फुटबल प्रतियोगिता (राप्छा स्वर्णिम कप), महिला÷पुरुष भलिबल, महिला÷पुरुष मिनी म्याराथन, पुरुष आर्चरी, पुरुष डबल व्याटमिनट, टेबलटेनिस तथा चेस प्रतियोगिता हुनेछ ।
मुल आयोजक समारोह समितिका सहसंयोजक अर्जुन राईले स्वर्ण महोत्सवका लागि विदेशबाट फर्किनेदेखि काठमाडौंबाट गाउँ जाने क्रम पनि सुरु भइसकेको जानकारी दिए । फुटबल ग्राउण्ड निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने मञ्च निर्माण, सरसफाई तथा अन्य प्रतियोगितात्मक कार्यक्रमस्थल निर्माणको काम धमाधम भइरहेको प्रधानाध्यापक कुमार राज श्रेष्ठले जानकारी दिए ।
मुल आयोजक समारोह समितिका कोषाध्यक्ष पञ्चे राईले स्वर्ण महोत्सवका लागि प्रतिबद्धता भएको रकम संकलनको काम तीब्र गतिमा अघि बढिरहेको जानकारी दिदै कार्यक्रम अगाडि नै सबै रकम संकलन गरिसक्ने योजना रहेको बताए । काठमाडौंमा आवश्यक सम्पूर्ण सामाग्रीहरु खरिद गर्ने काम सकिएको उपसमिति संयोजक मानबीर राईले जानकारी दिए । प्रचारप्रसार विभाग प्रमुख प्रकाश खालिङकाअनुसार सम्मान–पत्र÷प्रमाण–पत्र बनाउनेदेखि सम्पूर्ण डकुमेन्ट तयार भइसकेको छ । १३ बुदे तत्कालिन र दीर्घकालिन कार्ययोजनाका साथ आयोजना गर्न लागिएको स्वर्ण महोत्सवका लागि ५१ सदस्यीय मुल आयोजक समारोह समिति र २५ सदस्यीय उपसमिति गठन तथा विभिन्न विभागहरु गठन गरेर कार्यक्रमको तयारी अगाडि बढाइएको हो ।

प्रकाशित मिति : १९ पुस २०७५, बिहिबार  ४ : ०२ बजे