२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

सरकारले निर्णय नगर्दा लोकसेवाको काम प्रभावित हुन सक्ने


१९ पुस २०७५, बिहिबार  

56
Shares

काठमाडौँ । सरकारले निजामती कर्मचारीको समायोजन नमिलाएसम्म लोकसेवा आयोगको काम प्रभावित हुन सक्ने देखिएको छ ।

लोकसेवा आयोगले समायोजनमा जान नपर्ने कर्मचारीको पदपूर्तिको कामलाई निरन्तरता दिइरहेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए । उहाँले भने, “समायोजनमा लैजानुपर्ने कर्मचारीको पदपूर्ति कहिले हुने भन्ने सरकारले निर्णय गरेको छैन ।

 

आयोगको वार्षिक पात्रोअनुसार पुस महीनामा नायब सुब्बा पदको पदपूर्तिका लागि महीनाको अन्तिम बुधबार विज्ञापन निकाल्ने तयारी भइसकेको उहाँले जानकारी दिए । समायोजन प्रक्रियामा सरकारले ढिलासुस्ती गरेपछि समायोजनमा जान नपर्ने अधिकृत तहका कर्मचारीको पदपूर्ति असोजमा हुनुपर्ने भए पनि मङ्सिरमा मात्र लिइएको थियो ।

आयोगको वार्षिक पात्रोअनुसार नासु तहका अप्राविधिक धारका कर्मचारीको पदपूर्ति पुसमा हुने उल्लेख छ भने मागमा प्राविधिक धारका कर्मचारीको पदपूर्ति हुने उल्लेख छ ।

प्रकाशित मिति : १९ पुस २०७५, बिहिबार  ११ : ५७ बजे