२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

बाहुनेकुनामा बस दुर्घटनामा बाइस घाइते


२३ पुस २०७५, सोमबार  

35
Shares

कावासोती । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यबिन्दु नगरपालिका–११, बाहुनेकुनामा आज बिहान बस पल्टिँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ ।

फाईल तस्बिर

सुर्खेतबाट काठमाडौँका लागि छुटेको ना ५ख ४६९६ नम्बरको बस तीव्र गतिका कारण आफैँ अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका सबै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

दुर्घटनामा परी कालीकोट मानमा खर्चना गाउँपालिका दुई बस्ने ५० वर्षीय धर्मबहादुर शाही गम्भीर घाइते भएका छन् । अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ३४ जना यात्रु सवार रहेको बसमा १२ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७५, सोमबार  ५ : ५० बजे