२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

किरात राई पत्रकार नेपाली पत्रकारिताको खम्बा बन्नुस : डा. महेन्द्र विष्ट



काठमाडौं, १४ असोज । नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले किरात राई पत्रकारहरु नेपाली पत्रकारिताको खम्बाका रुपमा उभिन सक्ने क्षमता भएको बताएका छन् । किरात राई पत्रकार संघको १० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष विष्टले यस्तो वताएका हुन् ।
नेपाल बहुभाषा, बहुधार्मिक र बहुसाँस्कृति विविधता युक्त देश भएकाले नेपालका सबै जातजातिको पत्रकारहरुलाई नेपाल पत्रकार महासंघले समान रुपमा व्यवहार गरेको बताए ।
kirat-journalist-photo-12
किरात राई पत्रकार संघको केन्द्रीय अध्यक्ष दिपेन्द्र राईले किरात राई पत्रकार संघले आगामि दिनमा पत्रकारिता क्षेत्रमा थप नयाँ आयाम थप्ने बताए । अध्यक्ष राईले स्थानीय निकायको पुनः संरचनामा किरात राई पत्रकारको आधिकारिक धारणा समेत राखे ।
kirat-journalist-photo-13
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव गजुरधन राईले किराती मूल र कुलमा जन्मिएर पत्रकारिता क्षेत्रमा संघर्ष गर्दै पत्रकारितालाई निरन्तरता दिन आग्रह गरे । महासचिव राईले स्थानीय निकायमो पुनः संरचनामा वाम्वुले राईको आधिकारिक धारणा समेत राखे ।
kirat-journalist-photo-11
कार्यक्रममा कृषि विज्ञ तथा नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद सदस्य मदन राईले किरात राई पत्रकार देशको मूलधारमा समेत उल्लेख्य उपस्थिति हुनुपर्ने बताए ।
kirat-journalist-photo-5
किरात राई संघर्षशील पत्रकारिता पुरस्कार खोटाङका पत्रकार डम्बरसिं राईलाई प्रदान गरिएको छ । पत्रकार राईलाई ९ हजार रुपैया नगद र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि डा‍. महेन्द्र विष्टले प्रदान गरेका थिए ।
kirat-journalist-photo-9
कार्यक्रममा किरात राई पत्रकार संघको निवर्तमान अध्यक्ष विषण राईलाई सम्मान गरिएको थियो । निवर्तमान अध्यक्ष राईले किरात राई पत्रकार संघमा रहेर लामो समय विभिन्न पदमा रही कार्यभार सम्हालेकाले राईलाई सम्मान गरिएको हो ।
kirat-journalist-photo-8
किरात राई पत्रकार संघलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने भोजपुरका अशोक राईलाई समेत सम्मान गरिएको थियो ।
kirat-journalist-photo-10
कार्यक्रममा किरात राई पत्रकार संघ, किरात राई यायोक्ख, किरात विद्यार्थी संघ लगायतका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
kirat-journalist-photo-4
kirat-journalist-photo-1
kirat-journalist-photo-3
kirat-journalist-photo-2
kirat-journalist-photo-7
तस्वीरःसचिन राई 

प्रकाशित मिति : १४ आश्विन २०७३, शुक्रबार  १२ : ०३ बजे