२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

आश्रमका वृद्धवृद्धालाई न्यानो कपडा


२९ पुस २०७५, आइतबार  

21
Shares

गलेश्वर । म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित ज्येष्ठ नागरिक आश्रममा रहेका ज्येष्ठ नागरिकलाई शनिबार सौन्दर्य कला व्यवसायी सङ्घ र लायन्स क्लब अफ बेनी महारानीले न्यानो कपडा वितरण गरेको छ ।

सन्तानबाट तिरस्कृत भएका तथा बेसाहरा वृद्धवृद्धालाई पछ्यौरा, मफलर र ओँठमा लगाउने लिपगार्ड हस्तान्तरण गरिएको हो ।

सोही अवसरमा लायन्स क्लब बेनी महरानीले समेत आश्रमका ज्येष्ठ नागरिकलाई पञ्जा र मोजा वितरण गरेको थियो । घरपरिवार छोडेर आश्रममा बस्नुपर्ने बाध्यतालाई बुझेर लायन्सले विगतमा समेत सहयोग गरेको क्लबकी अध्यक्ष हीरा पौडेलले बताए ।

दुवै संस्थाले प्रतिसंस्था रु १५ हजार मूल्य बराबरका न्यानो कपडा सहयोग गरेका थिए । आश्रममा रहेका वृद्धवृद्धासँगै मन्दिरको दर्शन गर्न आएका भक्तजनलाई समेत आवश्यक परेमा निःशुल्क भोजनको सुविधा रहेको बताउँदै सामाजिक सङ्घसंस्थाबाट प्राप्त सहयोगले सहज भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव माधवप्रसाद रेग्मीले बताए । आश्रममा म्याग्दीका साथै देशका विभिन्न जिल्लाबाट आएका करीब ७५ वृद्धवृद्धाले आश्रय लिएका छन् ।

प्रकाशित मिति : २९ पुस २०७५, आइतबार  ५ : ४० बजे