२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

शेर्पा पत्रकार संघलाई देशव्यापी बनाउँछु : अध्यक्ष आङफुला शेर्पा



काठमाडौं, १४ असोज । नेपाल शेर्पा संघका केन्द्रीय अध्यक्ष आङफुला शेर्पा शेर्पा पत्रकार संघको शाखा देशव्यापी विस्तार गर्ने बताएका छन् । शेर्पा पत्रकार संघले आयोजना गरेको आधारभूत पत्रकारिता तालिमको समापन सत्रमा बोल्दै अध्यक्ष शेर्पाले यस्तो बताएका हुन् ।
‘शेर्पा समुदाय विश्वमा हरेक क्षेत्रमा अब्बल छ, तर पत्रकारिता क्षेत्रमा भने न्यून सहभागिता मात्र छ, त्यसैले शेर्पा समुदायबाट पत्रकारलाई मूलधारमा स्थापित गराउनको लागि शेर्पा पत्रकार संघको सँधै भूमिका हुनेछ’ अध्यक्ष शेर्पाले भने ।
sherpa-journalist-photo-2
नेपाल पत्रकार महासंघका महसचिव उजिर मगरले विश्वमा शेर्पाको छुट्टै विश्वासिलो ब्राण्ड भैसकेकाले नेपाली पत्रकारीताको मूलधारका सञ्चार माध्ययममा पनि छुट्टै शेर्पा ब्राण्ड बनाउनु पर्ने धारणा राखे । महासचिव मगरले नेपाली पत्रकारितामा आउन शेर्पा समुदायका पत्रकारहरुलाई तालिमले थप हौसला र उत्साह प्रदान गरेको समेत विश्वास व्यक्त गरे ।
sherpa-journalist-photo-3
पर्वतीय प्रतिष्ठान नेपालकी कार्यकारी निर्देशक लाक्पाफुटी शेर्पाले शेर्पा पत्रकार संघले शेर्पा समुदायबाट पत्रकारिता पेशामा लाग्नको लागि तालिम दिएकोमा खुशी व्यक्त गरे । निर्देशक शेर्पाले पर्यटन क्षेत्रमा शेर्पाले राखेको कीर्तिमानी नेपाली पत्रकारिता क्षेत्रमा राख्न समेत आग्रह गरे ।
sherpa-journalist-photo-1
शेर्पा पत्रकार संघले शेर्पा समुदायका उत्साहि युवायुवतीहरुलाई ७ दिने आधारभूत पत्रकारिता तालिम निःशुल्क रुपमा दिएको थियो । तालिम असोज ७ देखि १३ गतेसम्म सञ्चालन भएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७३, शुक्रबार  १२ : ३५ बजे