साहित्यकार डा. रेणुको ‘चिराक’ उपन्यास सार्वजनिक [भिडियोसहित]

84 Shares

काठमाडौं । साहित्यकार डा.रेणुका ‘सोलु’को उपन्यास ‘चिराक’ सार्वजनिक गरिएको छ । शनिवार प्रज्ञा भवन कमलादीस्थित डा. रेणुको उपन्यास सार्वजनिक गरिएको हो ।

नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाएर लेखिएको चिराकमा सुदुरपश्चिम नेपालको भुगोल, समाज र संस्कृतिलाई चित्रण गरिएको छ । महिला हिंसाका घटना अशिक्षित र विपन्न परिवारमा मात्रै नभई शिक्षित र सम्पन्न परिवारमा समेत भैरहेको तीतो यथार्थलाई उपन्यासमा समेटिएको छ ।
उपन्यास सार्वजनिक कार्यक्रममा बोल्दै समालोचक प्रा.डा.लक्ष्मण गौतमले पुस्तकको बलियो पक्ष भनेकै शिक्षित परिवार भित्रको महिला हिंसाको सत्यतालाई गतिलो रुपमा समेटिएको टिप्पणी गरे । नेपाली समाजको यौन मनोविज्ञान, पुरुषप्रधान समाज र मानसिकताले ग्रस्त समाजका खराब पक्षलाई उपन्यासमा फरक रुपमा समेटिएका कारण पुस्तकको लोकप्रियता बढ्ने समालोचक साहित्यकार गीता केशरीले वताए ।
https://www.youtube.com/watch?v=znqDgUitROg&feature=youtu.be
समालोचक प्रा.डा.ज्ञानु पाण्डेले नारी र पुरुष समाजका समान हैसियतका पात्र भएकाले उनीहरुको अधिकार र स्वतन्त्रता पनि बराबरी हुनुपर्ने बताए । त्यसका लागि साहित्यिक कृति मार्फत लेखकले न्याय गरेको उनको टिप्पणी छ । साहित्यकार मायाँ ठकुरीले ‘चिराक’ विमोचनकै दिनबाट लोकप्रियताको बाटोमा हिडिसकेको बताए । पश्चिमेली भाषा संस्कृतिलाई दुरुस्तै पुस्तकमा समेटिनु असाधारण भएको बताए ।

लेखक डा. रेणुकाले उपन्यासमा साहित्यिक फुर्काहरुलाई कम महत्व दिँदै समाजको वास्तविक चित्र जस्ताको त्यस्तै ल्याउन झर्रा शब्दहरुलाई बढी प्रयोग गरिएको बताए । सगरमाथा प्रतिभा प्रतिष्ठानले प्रकाशन गरेको २ सय ४० पेजको चिराकको वितरक ऐरावती प्रकाशनले गरेको छ । लेखक रेणुका ‘सोलु’ को यो दोस्रो उपन्यास हो । उनको उपन्यास ‘भिरमह’ बजारमा आइसकेको छ । उनका ‘गुलाफ फूल्न खोज्दा’ आत्मा सस्मरण, ‘अस्तित्वको खोजी’ कथा संग्रह, ‘उपन्यासकार विपीका नारी पात्रमा नीति चेतना’ समालोचना लगायत १२ वटा कृति प्रकाशित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार