२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

कांग्रेसले प्रतिनिधिसभा अवरुद्ध गरे

७ माघ २०७५, सोमबार  

49
Shares

काठमाण्डौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक पारेको छ ।  कांग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालहरु केन्द्र सरकार मातहत नराखेको विरोधमा कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो ।

बैठकको सुरुमै कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले समय मागेर बोलेका थिए । उनले कांग्रेसका नेताहरुको नाममा रहेका अस्पताल राजनीतिक पूर्वाग्रह राखेर खारेज गर्न लागिएको आरोप लगाए ।

संसद बैठकमा बोल्दै नेता गच्छदारले गोविन्द केसीसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने माग पनि गरे ।

आज नै यही विषय उठाएर कांग्रेसले राष्ट्रियसभा बैठक पनि अवरुद्ध गरेको छ ।

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार  ७ : ४५ बजे