नेता कार्कीले दिए सोलुका ३९ विद्यालयलाई ल्यापटप

Facebook Debugger

सोलुखुम्बु । नेपाली कांग्रेसका नेता प्रकाशसिंह कार्कीले सोलुखुम्बुका चार गाउँपालिकाका ३९ वटा विद्यालयलाई ल्यापटप दिएका छन् । लायन्स क्लब काठमाण्डौँ र नेता तथा उद्योग व्यवसायी कार्कीको संयुक्त लगानीमा ३९ विद्यालयलाई ल्यापटप दिएका हुन् ।
जिल्लाको नेचासल्यान गाउँपालिका, सोताङ गाउँपालिका, माप्यादुधकोशी र महाकुलुङ गाउँपालिकाभित्रका ३९ वटा विद्यालयलाई डेल कम्पनीको ल्यापटप वितरण गरिएको नेपाल विद्यार्थी संघ सोलुखुम्बुका नेता दिनराज बास्तोलाले जानकारी दिए । विद्यालयमा सूचना तथा प्रविधिको प्रयोग बढाउन प्रविधियुत्त र समुन्नत समाज निर्माण गर्नको लागि आफ्नो व्यक्तिगत लगानी ल्यापटप कम्प्युटर वितरण गरिएको काँग्रेस नेता कार्कीले बताए ।

प्रति ल्यापटप ५६ हजार मूल्य भएकोमा नेता कार्कीले २५ हजार रकम सहयोग गरेका हुन् । विरेन्द्रज्योति माध्यामिक विद्यालय, हुलु माध्यामिक विद्यालय, बखपलम माध्यामिक विद्यालय, महाकुलुङका छेस्काम माध्यामिक विद्यालय, गुदेल माध्यामिक विद्यालय, जनसुधार आधारभूत विद्यलाय, माप्यदुधकोशी गाउँपालिकाका सगरमाथा माध्यामिक विद्यालय, हिमालय आधारभूत विद्यालय लगायतका विद्यालयहरुलाई प्रतिविद्यालय १/१ वटा ल्यापटप तथा ५०० थान विभिन्न क्षेत्रसँग सम्बन्धित किताबहरु वितरण गरिएको बास्तोलाले बताए ।
त्यसैगरी विद्युतको पहुँच भन्दा बाहिर रहेका १४४ जना विद्यार्थीलाई सोलार लाइट वितरण गरिएको छ । घण्टौँसम्म चार्ज टिकाउ हुने सोलार लाइट युएस नेपाल क्याइमर एसोसिएसनले अमेरिका बाट पठाएको हो । ल्यापटप पाएपछि विद्यालयहरुले शैक्षिक सुधारमा सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् । विरेन्द्रज्योति माध्यामिक विद्यालयका प्रधानाध्यापक महाप्रसाद फुयाँलले विद्यालयमा ल्यापटप भएपछि प्रविधिको प्रयोगमा सहज हुने बताए ।

नेता कार्कीले विरेन्द्रज्योति माध्यामिक विद्यालयका छात्रावासमा बस्ने विद्यार्थीलाई खाजा खर्चका लागि मासिक पाँच हजार र प्रारम्भिक बाल विकासका लागि खाजा खर्च मासिक पाँच हजार रुपियाँ एक वर्षसम्म उपलब्ध गर्ने घोषणा गरेका छन् । निरन्तर समाजसेवामा लागेका कार्कीले यसअघि पनि सोलुखुम्बु नेचासल्यान गाउपालिका भित्रका २८ वटा विद्यालयलाई ल्यापटप प्रदान गरेका थिए । शैक्षिक विकास सहित सोलुखुम्बुको मुहार फेर्ने अभियानमा लागेका नेता कार्कीले सोलुखुम्बुका प्रत्येक जनताको घरघरमा पुगेर आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत व्यत्त गरेका छन् ।

यसअघि सोलुखुम्बु जिल्लाका विभिन्न संघ सस्था मार्फत बिरामीलाई सडक र अस्पतालको पहुचमा पुर्याउन ७७ थान स्टेचर समेत निःशुल्क प्रदान गरेका थिए । विभिन्न विद्यालयमा अक्षयकोष स्थापना, आर्थिक अवस्था कमजोर भएर उपचारबाट बञ्चित बिरामीलाई आर्थिक सहयोग, बेरोजगार युबाहरुलाई रोजगारी दिने लगायतका काम गरिरहेको विद्यार्थी नेता बास्तोलाले बताए । सोलुखुम्बुमा आवश्यकता हेरेर अन्य विद्यालयहरुलाई पनि विभिन्न सहयोग गरिने र बत्तिको पहुच भन्दा बाहिर रहेका विद्यार्थीहरुलाइ सोलार लाइट प्रदान गरिने नेता कार्कीले बताए ।

Published On:  770पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार