काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका अवरोधका बीच चिकित्सा शिक्षा विधेयक संसदमा पेश भएको छ ।

कांग्रेस सांसदहरुले होहल्ला र नाराबाजी गरिरहेका बेला सभामुखले शिक्षामन्त्री गिरिरामणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए । शिक्षामन्त्रीई मर्यादापालकले रोष्टममा पुर्याए ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेको अवरोधका बीच संसदले चिकित्सा शिक्षा विधेयक पारित गरेको छ ।

कांग्रेस सांसदहररुको होहल्लाका बीच शिक्षामन्त्री गिरिराजमणि पोखरेले विधेयक टेबल गरेका थिए । कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्ने प्रयास गरेका थिए तर मर्यादापालकले मन्त्रीलाई रोष्टममा पुर्याएको थियो । रोष्टमसम्म पुग्न निक्कै सकस परेको पोखरेले रोष्टम पुगेपछि हँसिलो मुहार बनाएका थिए ।
शिक्षा मन्त्रीले विधेयकमाथि छलफल गरियोस भन्ने प्रस्ताव गरे विपक्षी दल नारा लगाई रहेका थिए सत्तारुढ दलको संसदहरु पनि रोष्टममा जान सक्ने अवस्था थिएन । तत्कालै उनले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनलाई विधेयकको अंग बनाइयो भने बिना छलफल नै पास भयो ।
मन्त्रीले प्रस्ताव गर्दा कांग्रेस सभासषदहरुले होहल्ला गरेका थिए तर नेकपाको बहुमत रहेकाले विधेयक पारित गरियो







