३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

चौथो छिन्ताङ शहीद कप खुल्ला पुरुष फुटबल प्रतियोगीताको उपाधि धरानलाई



सन्तोष रुचाल/धनकुटा, १६ असोज । धनकुटाको छिन्ताङ्ग गाविस वडा नं. ९ मा सञ्चालित चौथो छिन्ताङ शहीद कप खुल्ला पुरुष फुटबल प्रतियोगीताको उपाधि धरान–११ सुनसरीले उचालेको छ ।
आज भएको फाइनल प्रतियोगीतामा धरान–११ सुनसरीले साम्बुगाउँ स्पोटिङ क्लब छिन्ताङ्गलाई १ का विरुद्ध ४ गोलले पराजित गरेको छ । प्रतिस्पर्धात्मक भएको प्रतियोगीतामा धरान–११ का मनोज लिम्बु नायक बने । लिम्बुले टीमको लागी ४ गोल गर्दै टीमलाई जित दिलाउन सफल भए । उपाधी उचालेसँगै धरान–११ सुनसरीले नगद ४२ हजार १ सय ५१ रुपैयाँ, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको साम्बुगाउँ स्पोटिङ क्लब छिन्ताङ्गले नगद २१ हजार १ सय ५१ रुपैयाँ मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ ।
football-photo-dhankuta-1मितेरी युवा क्लबका अध्यक्ष दुर्गाबहादुर खड्काको अध्यक्षता तथा जिल्ला खेलकुद समितिका अध्यक्ष योगेन्द्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रतियोगीतामा विजेता टीमलाई पुरस्कार वितरण गरिएको छ । प्रतियोगीता समयावधिभर हाई स्कोर गर्ने धरान–११ का मनोज लिम्बु, उत्कृष्ट खेलाडीमा साम्बुगाँउ स्पोटिङ क्लब छिन्ताङ्गका अजय राईले नगद २ हजार १ सय ५१ रुपैँयाँ प्राप्त गरेका छन् । अनुशासित स्वयम् सेवकमा डम्बर खड्कालाई चयन गर्दै नगद ५ सय प्रदान गरिएको छ । त्यस्तै खेल सम्पन्न गर्नका लागी सहयोग पु¥याउने सहयोग दाताहरुलाई कदर–पत्रद्धरा सम्मान गरिएको छ । स्थानिय सहयोग दाताहरु मातृका खड्काले नगद १२ हजार, बालकृष्ण खड्का र प्रविन दुलालले जनही नगद ३ हजार, विनय खड्का, सोमबहादुर राई र युवराज कार्कीले जनही नगद २ हजार प्रदान गर्नु भएको छ ।
त्यसैगरी लेखनाथ भण्डारीले १३ सेट जर्सी, २ वटा बल र धनबहादुर राईले १ वटा बल प्रदान गर्नु भएको थियो भने जिल्ला विकास समिति धनकुटा, छिन्ताङ गाविस धनकुटा, जिल्ला खेलकुद विकास समिति धनकुटा पनि आर्थिक सहयोग गरेको थिए । मितेरी युवा क्लब छिन्ताङ–९ सफाईटारको आठौं वार्षिक उत्सव तथा छिन्ताङ लोकतान्त्रिक आन्दोलन २०३६ का वीर शहीदहरुको सम्झनामा प्रतियोगीता चार वर्षदेखि निरन्तर रुपमा सञ्चालन हुदै आएको छ । प्रतियोगीतमा धनकुटा र सुनसरीका गरी १७ टीमको सहभागीता रहेको थियो । सो अवसरमा बोल्नु हुदै जिल्ला खेलकुद विकास समिति धनकुटाका अध्यक्ष योगेन्द्र राईले छिन्ताङ गाविस–९ सफाईधापमा रहेको खेल मैदान साँघुरो भएकोले यस स्तरोन्नति गर्नका लागी आफ्नो तर्फबाट पहल गर्ने बताउँनुभयो ।

प्रकाशित मिति : १६ आश्विन २०७३, आइतबार  ४ : २५ बजे