सोलुखुम्बुबाट काठमाडौं उडिरहेको हेलिकोप्टरमै बच्चा जन्मिएपछि …

Facebook Debugger

काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडिरहेको हेलिकप्टरमै बच्चा जन्मिएको छ । सोमबार विहान सोलुको नुन्थलाबाट गर्भवती महिला लिएर काठमाडौं उडेको हेलिकोप्टरमा आकाशमै बच्चाको जन्म भएको हो ।

कैशाल हेलिकोप्टरमा काठमाडौं आउँदै गरेकी कञ्चन तामाङ्गकी श्रीमती नोर्साङ डोल्मा शेर्पाले छोरा जन्माएकी हुन् । कैलाश हेलिकोप्टरका अपरेसन इन्चार्ज श्रीहरि कुइँकेलका अनुसार भक्तपुरको आकाशमा आइइपुगेपछि शिशुलाई जन्म दिएकी हुन् । आमा र बच्चा दुबैलाई हाल भक्तपुर अस्पतालमा राखिएको छ ।
क्याप्टेन आशिष शेरचनले उडाएको हेलिकप्टरमा बच्चा जन्मिएको बच्चाको नाम पनि कैलाश नै राख्ने अभिभावकले सुनाएको कुइँकेलले बताए ।

Published On:  2122पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार