विपन्न विद्यार्थीका नाममा अक्षयकोष

7 Shares

पाल्पा, १७ असोज । पाल्पाली समाज युएइले जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीको शैक्षिकस्तर वृद्धि गर्नका लागि अक्षयकोष स्थापनाको लागि अभियान सञ्चालन गरेको छ ।

रोजगारीका लागि युएई पुगेका पाल्पालीको प्रयासमा जिल्लाका ६० वटा विद्यालयमा रु २५ हजारको दरले अक्षयकोष स्थापना गर्ने उद्देश्य बनाएर अगाडि बढेको समाजका महासचिव वेदप्रसाद अर्यालले बताउनुभयो । उहाँले पहिलो चरणमा २० वटा विद्यालयमा आगामी मङ्सिरभित्र अक्षयकोष स्थापना गरिसक्ने बताउनुभयो । समाजले हाल यम्घाको अरनी निमावि, दर्लमडाँडाको सरसस्वती निमावि, चापपानीको कालिका निमावि, बराङ्दीको जन निमाविमा अक्षयकोष स्थापना गरिसकेको छ ।

यसैगरी खानीगाउँको खानीगाउँ निमावि, गल्धाको राईकोट निमावि, वीरकोटको जनकल्याण निमाविमा कोषको रकम हस्तान्तरण गरिसकेको जनाएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार