६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

हात्ती आतङ्कले किसान चिन्तित



भीमदत्तनगर, १७ असोज । विगत केही सातायता कञ्चनपुरमा जङ्गली हात्तीले आतङ्क नै मच्चाएको छ ।

यहाँको पुनर्बास, त्रिभुवनबस्ती, शङ्करपुरका साथै झलारी, दैजी, हात्तीथला, दोधारा चादँनी, भीमदत्तनगरपालिकाको वडा नं १३, १४, १८ र १९ लगायतमा हात्ती सधैँ गाउँ पसेर धानबाली र उखुखेतीमा व्यापाक क्षति पु¥याइरहेको जिल्ला वन कार्यालय कञ्चनपुरले जनाएको छ ।

“चौतर्फी हात्ती आतङ्क हुँदा समस्या भयो ।” जिल्ला वन अधिकृत शिव शर्माले भन्नुभयो– “हात्ती धपाउन विभिन्न उपाय अपनाइए पनि कुनै सीप चलेको छैन ।”

उहाँले दिनहुँ हात्ती पीडित किसान क्षतिपूर्तिका लागि वन कार्यालयमा धाइरहेको बताउनुभयो । जिल्ला वन कार्यालयले गत वर्ष १०९ जना हात्ती पीडित किसानलाई क्षतिपूर्ति स्वरुप रु सात लाख दिइ सकेको छ ।

यस वर्ष पनि ६८ जना हात्ती पीडित किसानलाई क्षतिपूर्ति दिने प्रक्रिया अघि बढेको छ । दक्षिण क्षेत्रमा भारतको दुधुवा नेसनल पार्कबाट करिब ४०÷४५ को बथानमा आउने हात्तीले रातभरि खेतीमा क्षति पु¥याइरहेको किसानको भनाइ छ ।

हात्ती धपाउन वन कर्मचारी र स्थानीय आगो बाल्ने, पटका पट्काउने, हो हल्ला गर्ने कार्यमा जुटिरहेका छन् । “शङ्करपुर कुण्डा क्षेत्रमा हामीले साइरन समेत जडान गरेका छौँ ।” वन अधिकृत शर्माले भन्नुभयो– “सबैतिर हात्ती पस्दा धपाउन गाह्रो छ ।”

आरक्षले पनि हात्ती धपाउन आरक्ष सुरक्षार्थ खटिएको भवानीबक्स गण, जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली र स्थानीयवासी जुटिरहेको जनाएको छ । स्थानीयवासी बजार क्षेत्रमै हात्ती आउन थालेपछि त्रसित बनेका छन् ।

शुक्लाफाँटाबाट दैनिक २५÷३० को सङ्ख्यामा हात्ती नगरपालिकाका विभिन्न क्षेत्रमा सामूहिक प्रवेश गरेर धानबालीमा नोक्सान पु¥याइरहेका छन् । जिल्लाभरिमा यस वर्ष करिब १०० भन्दा बढी बिगाहामा लगाएको धानबाली हात्तीले नोक्सान पु¥याइसकेको छ । रासस

प्रकाशित मिति : १७ आश्विन २०७३, सोमबार  २ : ०७ बजे