काठमाडौं । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएकी छन् । उनले निजी जीवनमा व्यस्त हुनुपर्ने भन्दै राजीनामा दिएकी हुन् ।
उनले विज्ञप्तिमार्फत राजीनामाको घोषणा गरेकी हुन् । यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित समीक्षा बैठकमा अनुपस्थित भएको भन्दै मन्त्रालयले स्पष्टिकरण सोधेको थियो । तर पौडेलले मन्त्रालयको स्पष्टिकरण पत्र आफूले नपाएको बताइन् ।
उनले हालै सञ्चारकर्मी रवि लामिछानेसँग कोर्ट म्यारिज गरेकी छन् । उनको पति रवि लामिछानेको सल्लाह अनुसारनै निकिताले राजीनामा दिएको आशंका गरिएको छ ।
चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले दिए राजीनामा
1.3k
Shares