उपप्रधानमन्त्री यादवले दिए ‘ग्याल्पो र सोनाम लोसारको शुभकामना’

काठमाडौं । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले ग्याल्पो र सोनाम लोसारको अवसरमा शुभकामना सन्देश दिएका छन् । तामाङ समुदायको सोनाम ल्होसार (२८५५) र शेर्पा लगायत हिमाली समुदायको ग्याल्बो लोसार (२१४६)को पवन अवसरमा ‘जातीको पहिचान र समृद्धीको कामना’ व्यक्त गर्दै शुभकामना सन्देश दिएका हुन् ।

संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेको उपप्रधानमन्त्री यादवले नेपालको समृद्धीका लागि सबै जातजातिको सम्मानजनक राज्यमा पहुँच स्थापना भएको हुनुपर्नेमा जोड दिएका छन् ।
उपप्रधानमन्त्री यादवले दिएको शुभकामना सन्देश
नेपाल बहुल धार्मिक, बहुल सांस्कृतिक, जातीय विविधता, विभिन्न धर्म-संस्कार मान्ने समुदायहरु मिलेर बनेको देश हो । यी सबै समुदायको आ-आफ्नै धार्मिक र सांस्कृतिक महत्व बोकेको चाडपर्वहरु छन् । यसै मध्ये तामाङ समुदायको सोनाम ल्होसार (२८५५) र शेर्पा लगायत हिमाली समुदायको ग्याल्बो लोसार (२१४६) को पवन अवसरमा सम्पूर्ण लोसार प्रेमि समुदायमा हार्दिक शुभकामना व्यक्त गर्न चहान्छु ।
मुलुक एकात्मक राज्य प्रणालीलाई अन्त्य गर्दै परिवर्तनशील संघीय राज्य प्रणालीमा रुपान्तरण भई अघि बढीरहेको छ । मुलुकलाई सबै जातजातिको सम्मानजनक उपस्थिती र राज्यमा पहुँच स्थापना गर्दै समृद्ध नेपाल निर्माणको अभियानमा हामी छौं । वहुरंगी संस्कृतिका धनी नेपाल यी नै विभिन्न आस्था र अवस्थाहरुलाई मिलाएर अघि बढ्न सकेको खण्डमा मात्रै राजनैतिक स्थिरता, दिगो शान्ति, छिटो समृद्धी हात लाग्ने कुरामा दुइमत छैन ।
विशेषताः आफ्नो गौरवपूर्ण इतिहास बोकेको शेर्पा समुदायले नेपालको सभ्यता निर्माण, राजनैतिक परिवर्तनका आन्दोलनमा मात्रै नभएर सगरमाथाको सफल आरोहण गरी प्रकृति माथि नै विजयी हासिल गरेको जाति हो । शेर्पा समुदाय कै कारण विश्वमा नेपाललाई चिनाएको छ भने पर्यटन प्रबद्र्धनका माध्यमबाट मुलुकको आर्थिक समृद्धीमा ठूलो टेवा पुगेको छ । त्यस्तै, तामाङ समुदायको नेपालको इतिहासमा आफ्नै खाले इतिहास कायम रहेको सर्वविधितै छ । भाषा, धर्म, संस्कार, संस्कृति र परम्परागत मान्यताहरुलाई स्थापना गर्दै मुलुकभित्र छरिएर रहेका सबै जातिको कला, साहित्य, इतिहासलाई जोगाउँदै पहिचानका आधारमा उनीहरुलाई स्थापित हुन दिनुको विकल्प छैन ।
यस सन्दर्भमा सबै जातजातिहरुको साझा फुलबारीको रुपमा मुलुकलाई स्थापित गर्दै मुलुक निर्माणमा सबैले आपनत्व महशुस गर्नपनि आह्वान गर्न चहान्छु । वर्तमान अवस्थामा देखिएका विभिन्न असमान्त, विभेद, उत्पीडिनको अन्त्यका लागि अधिकार, मुक्ति र पहिचान प्राप्तिका खातिर निरन्तर रुपमा अघि बढ्न र राष्ट्र निर्माणमा सघाउन लोसारको अवसरमा प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्न चहान्छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार