काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश अब पानी जहाजको युगमा प्रवेश गरेको बताएका छन् । ललितपुरको एकान्तकुनामा नेपाल पानी जहाज कार्यालयको बिहीबार उदघाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय ध्वजा बाहक पानी जहाज छिट्टै चल्ने बताए ।

‘पानी जहाज कार्यालय जागीर खुवाउनका लागि होइन, देशलाई एक कदम अघि बढाउन खुलेको हो,’ उनले भने, ‘पानी जहाजको टिकट कहिले पाइन्छ भनेर केही महिना हामीलाई जिस्काउलान् तर केही महिना पर्खनुस् । टिकट पाइन्छ ।’ भारतले गण्डकी नदीमा डीपीआर बनाइसकेको जानकारी आफूले पाएको उनले जानकारी पनि दिए ।
प्रधानमन्त्री ओलीले पानी जहाजको कार्यालय कसैलाई जागिर खुवाउन मात्र नखोलिएको बताए । प्रधानमन्त्रीले भने, ‘कसैलाई जागिर खुवाउन वा २–४ जना इन्जिनियरले काम नपाएर पानी जहाज कार्यालय खोलिएको होइन । मुलुकलाई एक कदम अगाडि बढाउन कार्यालय खोलिएको हो ।’
भारत भ्रमणको क्रममा रक्सौल–काठमाडौं रेल र पानी जहाजको कुरा आफूले उठाएको स्मरण गर्दै उनले केही दिनभित्र काठमाडौंबाट कोशी नदीसम्म सामान लगेर त्यहाँबाट पानी जहाजमार्फत ओसार्न सकिने बताए ।
२ फाल्गुन २०७५, बिहिबार
91
Shares







