‘प्रदेश नं. १ को नाम ‘किरात’ नभएमा नयाँ विशिष्ट खालको आन्दोलन गर्छौं,’ अध्यक्ष राई [भिडियोसहित]

903 Shares

काठमाण्डौ । किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राईले प्रदेश नं. १ को नाम किरात प्रदेश नभएमा नामाकरणका लागि नयाँ विशिष्ट खालको आन्दोलन गर्ने बताएका छन् । किरात समुदायको साझा संस्था किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशनको तयारी, उद्देश्य र मुद्धाको विषयमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष राईले प्रदेश नं. १ को नाम किरात राख्न विशिष्ट खालको आन्दोलन गर्ने बताएका हुन् ।

महाधिवेशन सुनसरीको धरासनमा फागुन १८ देखि २० गतेसम्म हुदैछ । सम्मेलनको लागि ‘इतिहास, भूगोल, संस्कृति र सभ्याताको सम्मान, १ नम्बर प्रदेश किरात प्रदेश समग्र प्रदेशवासीको आव्हान’ भन्ने मूल नारा तय भएको अध्यक्ष राईले बताए ।
महाधिवेशन मार्फत प्रदेशको नाम किरात राख्न प्रदेश सभालाई दवाव दिने यायोक्खा केन्द्रीय महासचिव जीवन हताचो राईले बताए । किरात कुनै एउटा जाति नभएर इतिहास, भूगोल, सभ्यता, संस्कृति, साझा मनोविज्ञान भएको भन्दै यस अघिदेखि नै यायोक्खाले प्रदेशको नाम किरात राख्नु पर्ने प्रस्ताव राख्दै आएको थियो । भूगोलको सम्माण र प्रदेशवासीको चाहना पूरा गर्न नाम किरात राखिनुपर्ने यायोक्खा केन्द्रीय उपाध्यक्ष दिवस राईले बताए ।
प्रदेश १ को हिउदे अधिवेशन माघ २० गतेदेखि शुरु भएको छ । यायोक्खाले यही अवसर पारेर धरानमा १० औं राष्ट्रिय महाधिवेशन गरेर प्रदेशको नाम किरात राख्न थप दवाव दिने तयारी गरेको हो । महाधिवेशन अघि यायोक्खाको ताप्लेजुङ, पाँचथार, इलामा, झापा, मोरङ, सुनसरी, उदयपुर, ललितपुर, भक्तपुर, काठमाडौं, बारा, पर्सा लगायतका जिल्ला मधिवेशनहरु गरिसकेको यायोक्खा केन्द्रीय उपमहासचिव तथा प्रचारप्रशार विभाग प्रमुख भीम राईले बताए । त्यसैगरी आठ वटा भातृ र २८ वटा भाषिक संस्थाहरुको अधिवेशन मार्फत प्रदेश १ को नाम किरात राख्न प्रदेश सरकारलाई दवाव दिइएको यायोक्खा केन्द्र तथा प्रचार समितिका सदस्य अर्जुन जम्नेली राईले बताए ।
राष्ट्रिय महाधिवेशन मार्फत प्रदेश सभालाई दवाव दिन जिल्लाहरुमा भित्तेलेखन, व्यानरिङ, पोष्टरिङ, ¥याली, जुलुस लगायतको कार्यक्रम भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिए । त्यसैगरी फागुन १५ गते झापाको काँकडभिट्ट, धरानको सुनसरीदेखि मोटरसाइकल ¥याली मार्फत प्रदेश सभाको कार्यालय विराटनगर पुगेर सभालाई किरात नाम बारे दवाव दिने कार्यक्रम रहेको यायोक्खा केन्द्रीय अध्यक्ष तिलक राईले बताए ।

राष्ट्रिय महाधिवेशनमा नेपालको २४ वटा जिल्ला समितिहरु, ८ वटा भातृ संगठन, २८ वटा भाषिक संगठनहरु, अमेरिका, वेलायत, भारत, हङकङ, जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, युएई लगायतको १७ वटा देशबाट एक हजार भन्दा बढी प्रतिनिधि पर्यवेक्षक उपस्थित हुने यायोक्खा केन्द्रीय अध्यक्ष तिलक राईले बताए ।
किरात राई समुदाय नेपालको १० औं र ५९ आदिवासी जनजाति मध्ये ५ औं ठूलो जनसंख्या भएको जाती हो । फागुन १८ गते सुनसरी धरानको भानुचौकमा हुने उद्घाटन कार्यक्रममा एक लाख भन्दा बढीको सहभागिता रहने महासचिव जीवन हाताचो राईले बताए । प्रदेश १ को मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा प्रदेश सभामुख प्रदीपकुमार भण्डारी, नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका पूर्वमन्त्री भीम आचार्य, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शाहा, संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोककुमार राई, प्रदेशका मन्त्रीहरु लगायतको सहभागिहुने अध्यक्ष तिलक राईले बताए ।
प्रदेश १ को नाम किरातको विकल्प नभएको र नेतृत्वको कारण किरात नभएमा सम्पूर्ण उत्पीडित वर्ग, समुदायको सहभागितामा निर्णायक आन्दोलन हुने यायोक्खाले चेतावनी दिएको छ । किरात नामको जवरजस्ति विकल्प खोजिए विश्वभरि छरिएर रहेका प्रदेशवासीहरुको प्रत्यक्ष, अप्रत्यक्ष सहभागितामा सशक्क्त र निर्णायक आन्दोलन हुने यायोक्खाको भनाइ छ ।

पत्रकार सम्मेलनमा महासचिवले प्रस्तुत गरेको विज्ञप्तीको पूर्णपाठ
“इतिहास ,भूगोल ,संस्कृति र सभ्यताको सम्मान, १ नं. प्रदेश किरात प्रदेश, समग्र प्रदेशवासीको आव्हान”
उपस्थित पत्रकार मित्रहरु, हार्दिक सेवा ।
किरात राई जातीको साझा, गौरवशाली एवं सर्वोच्च संस्था किरात राई यायोक्खाको १० औ राष्ट्रिय महाधिवेशन यहि २०७५ फाल्गुन १८, १९ र २० गते सम्म सुनसरीको सुन्दर नगरी धरानमा पुनः ९ वर्ष पछि सम्पन्न हुन गईरहेको जानकारी गराउन पाउँदा हामी अत्यन्तै गौरवान्वित भएका छौ । “इतिहास, भूगोल, संस्कृति र सभ्यताको सम्मान ! १ नं. प्रदेश ‘किरात’ प्रदेश, समग्र प्रदेशवासीको आव्हान !” भन्ने मुल नाराका साथ १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न हुन गईरहेको छ ।
प्रतिनिधी पर्यवेक्षकहरु, देशभरिका २६ जिल्ला कार्यसमिति, २८ भाषिक/थरगत संस्था, ८ भातृ सङगठन, ७ सम्बन्धन संस्था तथा विदेश (भारत, हङ्कङ् ,वेलायत , अमेरिका , अष्ट्रेलिया ,जापान ,क्यानाडा,दक्षिण कोरिया, वेल्जियम, युरोप च्यापटर, कतार, मलेसीया, युएई, कुवेत, साइप्रस लगायत १७ वटा विदेश शाखा ) आदिबाट १००० जना भन्दा वढि प्रतिनिधि पर्यवेक्षकहरुको सहभागितामा राष्ट्रिय महाधिवेशन सम्पन्न हुंदैछ ।

प्रमुख अतिथि, अतिथि र पाहुनाहरु, राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहको प्रमुख अतिथि १ नं. प्रदेशको सम्माननिय मुख्य मन्त्री श्री शेरधन राई ज्यूले गर्नु हुनेछ भने १ नं. प्रदेशको सवै राजनैतिक दलको मुख्य नेताहरु, आदिवासी जनजाती महासंघको अध्यक्ष वा प्रतिनिधि, १ नं. प्रदेशका राई सांसदहरु, सुनसरीको प्रतिनिधिसभाका सांसद, प्रदेश सभाको सांसद, धरान उपमहानगरपालिकाको उपमेयर, १ नंं. मा भएका अन्य जातिय संस्थाहरुका प्रतिनिधि, सिक्किम, अमेरिका, वेलायत, कुवेत आदि देशको विषेश पाहुनाहरु र किरात राई समुदायका विशिष्ट व्यक्तित्वहरु प्रमुख अतिथि, अतिथि र पाहुनाको रुपमा उपस्थित हुनुहुनेछ भने हजारौं हजार किरात राई लगायत अन्य जनसमुदायहरुको उपस्थितिमा उद्धाटन समारोह गरिनेछ । उद्धाटन सत्र अगाडि फागुन १५ गते हजारौ संख्याको मोटरसाईल ¥याली ईटहरीमा जम्मा भई मुख्य मन्त्रीको कार्यलय र प्रदेश सभाको भवन विराटनगरमा प्रर्दशन गर्दै १ नं. प्रदेश किरात प्रदेश नामाकरणको माग गरिनेछ ।
१० औ राष्ट्रिय महाधिवेशन उद्वेश्य, किरात राई समुदाय मुलुककै ५९ आदिवासी जनजाती मध्ये ५ औं ठुलो जनसंख्या भएको जाती हो । किरात राई यायोक्खा २०४५ सालमा स्थापना भई किरात राई समुदायको सामाजिक, सांस्कृतिक, भाषीक, धार्मिक एवं राजनीतिक अधिकारको निम्ती निरन्तर रुपमा क्रियाशील रहँदै आईरहेको सर्व्विदितै छ । किरात राई यायोक्खा यो देशको आदिवासी जनजाती आन्दोलनको भरोसायोग्य एवं अग्रणि नेता सङ्गठन पनि हो । यायोक्खाले छैटौ राष्ट्रिय सम्मेलन देखिनै राजनितिक रुपमा किरात प्रदेशको माग उठाउदै आईरहेको छ । त्यसैले वर्तमान अवश्थामा संविधान कार्यन्यनको चरणमा देशको विशिष्ट राजनैतिक अवस्था समेत भएकोले यस किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेसन पनि विशिष्ट रुपले नै हुनगईरहेको छ । १ नं. प्रदेशको मुटुमा अवस्थित सुन्दर नगरी धरानको भानुचोकमा १ नं. प्रदेशको सम्पूर्ण ध्यान केन्द्रित हुने गरि १ लाख भन्दा वढि जनमानवसगर सहितको उपस्थितिमा विभिन्न जात जातीहरुको झाँकी, ¥यालि, वाजागाजा, भेषभुषा सहित उद्घाटन हुनेछ । ऐतिहासीक विजयपुरगढी, हतुवागढी, मझुवागढी, महुरेगढी, चौडण्डीगढी, सांगुरीगढीहरु सप्तकोशीको खुवालुङ लगायतका ठाँउहरुमा हाम्रा आदिम पूर्खाहरुले विचरण गरेको त्यो पवित्र भूमिमा ईतिहास, भूगोल, संस्कृति र सभ्यताको आधारमा १ नं. प्रदेश किरात प्रदेशको नारावाजी गर्दै प्रदेश सभाबाट १ नं. प्रदेशको नामाकरण किरात प्रदेश गराउन महाधिवेशनले कडा ढंगले उदघोष गर्नेछ । सबै आधारहरु हेर्दा १ नं. प्रदेशको नामाकरण किरात प्रदेशको विकल्प नभएकोले सत प्रतिशत रुपमा प्रदेशवासी सरोकारवालाहरु,संघ संस्था तथा राजनैतिक दलका नेताहरुलाई १ नं. प्रदेश किरात प्रदेश नामकरण गर्न अनुरोध गरिनेछ भने यदि १ नं. प्रदेशको नामकरण किरात प्रदेश नभएमा नयाँ विशिष्ट खालको आन्दोलन घोषणा गरिनेछ ।

अहिले सम्मको तयारी, १. १४ वटा जिल्लामा नै स्वगतद्वार, भित्तेलेखन, पोष्टर, अपिल, ब्यानर, एफ एम टेलिभिजनबाट प्रचार प्रसार सुरु गरिएको । २. फेसवुक फ्रेम, पत्रपत्रिका, अनलाईनबाट पनि प्रचार प्रचास सुरु गरिएको । ३. किरायाको मुख्य मुख्य पदाधिकारीहरुवाट नियमित टेलिभिजन र एफ एम हरुमा महाधिवेशनको उदेश्य र तयारीको वारेमा अन्र्तवार्ता दिईरहेको । ४. ९० प्रतिशत जिल्लाहरुको अधिवेशन पुरा गरिसकिएको । ५. समय पुगेको भातृ सङगठनहरुको अधिवेशन पुरा गरिएको । ६. प्रमुख अतिथि, विषेश अतिथि, अतिथि, विशिष्ट पाहुनाहरु, राजनैतिक दलका मुख्य नेताहरु, आदिवासी जनजाती महासंघ, अन्य जातिय संस्थाहरु लगायत विदेशी पाहुनाहरुलाई उपस्थितिको निम्ती पत्रचार गरिएको ।
नाराहरु
१ नं. प्रदेश … किरात प्रदेश, सम्पुर्ण किरातहरु एक जुट होऔ … एक जुट होऔं, १ नं प्रदेशवासी जनताको चाहाना … किरात प्रदेश स्थापना, राज्यको हरेक निकायमा पुर्ण समानुपातिक, समावेशी नीति लागु गर … लागु गर, १० औं राष्ट्रिय महाधिवेशन सफल पारौं … सफल पारौ, किरात राई यायोक्खा जिन्दावाद …जिन्दावाद, किरात प्रदेश … जिन्दावाद ।

जय किरात !
जीवन हाताचो राई
महसचिव
किरात राई यायोक्खा
१० औं राष्ट्रिय महाधिवेशन आयोजक समिति ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार