२७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मिलन केन्द्रको बजार सरसफाइ, प्रहरीको सवारी अनुगमन



ओखलढुंगा, १८ असोज । कर्मचारी मिलन केन्द्र ओखलढुंगाले बजार सरसफाइ अभियान संचालन गरेको छ । सदरमुकाम ओखलढुंगाको मुख्य बजार क्षेत्र वडा नं. ४ मा आज बिहान सरसफाइ अभियान चलाएको हो ।
एमालेका केन्द्रिय सदस्य तथा साँसद यज्ञराज सुनुवारको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, विभिन्न राजनीतिक दलका नेताहरु, जिल्लास्थित सुरक्षा निकायको सहभागीतामा बजार क्षेत्रमा सरसफइ गरिएको हो ।
चाडपर्वमा चहलपहल बढेसंगै बजार क्षेत्र सफा राख्न प्रोत्साहन गर्ने उद्देश्यले अभियान थालिएको मिलन केन्द्रका अध्यक्ष कमलराज श्रेष्ठले बताए ।
यसैबीच सरसफाइसँगै रमाइलो डाँडाबाट प्रहरीले सुरक्षा चेकजाँच, मनपरि भाडा असुलिको अनुगमन र यात्रुहरुको गुुनासो संकलनको काम समेत शुरु गरेको छ । सुरक्षित यात्राका लागि प्रहरीले सवारीमा यात्रा गर्दा आएका समस्या समेटेर गुनासो फारम तयार गरि यात्रुहरुबाट भरेर आएका गुनासा सम्बोधन तथा कारवाही गर्ने प्रहरी नायव उपरिक्षक मिलन केशीले बताए । प्रहरीले बढी असुल्ने सवारीमाथिको कारवाही तीव्र पारेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७३, मंगलबार  ६ : ४२ बजे