तामाङ स्वायत्त क्षेत्र निर्माण अभियान

0 Shares

ललितपुर, १८ असोज । स्थानीय तह पुनःसंरचनामा तामाङ स्वायत्त क्षेत्र हुनुपर्ने मागलाई पूरा गराउन यहाँको तामाङ समुदायले ५०१ सदस्यीय तामाङ स्वायत्त क्षेत्र निर्माण अभियान समिति गठन गरेको छ ।

भौगोलिक रुपले जिल्लाका दक्षिणी भेगमा पर्ने १९ गाविसमा बसोबास गर्ने ६० हजार तामाङ समुदायको हित र अधिकारका लागि स्वायत्र क्षेत्र माग गरिएको सरोकार भएकाहरुले बताएका छन् ।

नेपाल तामाङ घेदुङ जिल्ला समितिको संयोजनमा विभिन्न राजनीतिक दलमा क्रियाशील तामाङ नेतृत्व वर्गको अग्रसरतामा समिति गठन गरिएको बताइएको छ । उक्त समितिमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी नेपाल, सङ्घीय समाजवादी फोरम नेपाल लगायत पार्टीमा आबद्ध तामाङ प्रतिनिधिको सहभागिता छ ।

क्षेत्रीय विभेदकै कारणले दक्षिणी भेग बत्तीमुनिको अँध्यारो जस्तै भएको समितिका अध्यक्ष उत्तमकुमार लामाले बताउनुभयो । उहाँले एक युगमा एक चोटि आउने र युगौँयुगसम्मको महत्व राख्ने स्थानीय तह पुनःसंरचनामा स्थानीय जनता सहभागी हुनुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार