२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

पत्रकार महासंघको भवन निर्माणमा प्रजिअको सहयोग



ओखलढुंगा, असोज १९– ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि आर्थिक सहयोग गर्नुभएको छ । ओखलढुंगा सदरमुकाममा निर्माणाधीन भवनको कामलाई निरन्तरता दिन सहयोग गर्ने उद्देश्यले १५ हजार रुपैंया सहयोग गर्नुभएको हो । 22055_21085
प्रजिअ अधिकारीले उक्त रकम नेपाल पत्रकार महासंघ जिल्ला शाखा ओखलढुंगाका कोषाध्यक्ष शिवप्रसाद ढुंगानालाई हस्तारन्तर गर्नुभयो । सबैको साझा सम्पतिको रुपमा निर्माण थालिएको उक्त भवन निर्माणमा सहयोग गर्नु सबैको दायित्व भएकाले आफुले सहयोगको शुरुवात् गरेको अधिकारीले बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा प्रहरी नायव उपरिक्षक मिलन केशीले पत्रकार महासंघको भवन जिल्लाको सम्पति भएकाले सबैको सहयोग आवश्य भएको बताउनुभयो । आफ्नो तर्फबाट सक्दो सहयोग हुने केशीले बताउनुभएको छ ।
निर्माणाधीन भवनको काम अघि बढाउन सहयोग गर्ने प्रमुख जिल्ला अधिकारीलाई महासंघले धन्यवाद ज्ञापन गरेको छ । महासंघलाई सहयोग गर्ने सबै महानुभावहरुलाई सम्मान पत्र र भवनमा शिलालेखमा सहयोगको विवरण राख्ने तयारी गरिएको कोषाध्यक्ष शिवप्रसाद ढुंगानाले जानकारी दिनुभयो ।
यसरी महासंघको भवन निर्माणका लागि सहयोग गर्ने प्रजिअ अधिकारी पहिलो व्यक्ति रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७३, बुधबार  २ : ५३ बजे