‘गण्डकी प्रदेशमा विकासको जागरण आयो मुख्यमन्त्री गुरुङ्ग

14 Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा विकासको जागरण आएको बताएको छ । पोखरा महानगरपालिका वडा नं १६ स्थित अर्मला कोटमा सञ्चालित घरबास कार्यक्रमको आज शुभारम्भ गर्दै उहाँले घरबासले गरीबी निवारण र स्वरोजगार बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

आफ्नो थातथलोमा बसेर स्वरोजगार बन्दा गाउँको मुहारै फेरिने बताउँदै उहाँले गाउँ छाडेर विदेश जानेलाई अहिले भने गाउँ सम्झेर बाडुल्की लाग्न थालेको उल्लेख गरे। घरबास कार्यक्रमले संस्कृतिको जर्गेना गर्दै प्रकृतिले दिएको बरदानलाई समृद्धिसँग जोड्न सहयोगी बनेको उहाँले बताए ।

प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले सरकारले प्रत्येक जनताको आय पाँच वर्षमा पाँच हजार डलर पु¥याउने लक्ष्यका साथ सरकार अगाडि बढिरहेको बताए । अर्का प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले अर्मलाको सडकलाई जीर्णोद्धार गर्नसके यस क्षेत्रको विकास निर्माण र आर्थिक समृद्धिका लागि घरबासको महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे ।

घरबास सञ्चालन समितिका अध्यक्ष कर्णबहादुर गुरुङ, वडा नं १६ का अध्यक्ष जीवनप्रसाद आचार्य, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक नरेश गुरुङ, सशस्त्र प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक खोजबहादुर गुरुङ, पहार ट्रष्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङ, अर्मला गाउँ पर्यटन प्रवद्र्धनका अध्यक्ष बबिता गुरुङलगायतले घरबासका माध्यमबाट पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार