उपत्यका बाहिर बन्दको प्रभाव

70 Shares

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आह्वान गरेको बन्दको पोखरा लगायत पश्चिमाञ्चल साथै काठमाण्डौं उपत्यका बाहिर प्रभाव परेको छ ।

बन्दका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने शिक्षण संस्थामा पठनपाठन हुन सकेको छैन । बजार क्षेत्रमा पनि अधिकांश पसल बन्द छन् । आज विहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको राजिपुरमा म १ ख ४४१ को बसमामा आगजनी गरेको छ । सो आगजनीबाट बस पूर्ण क्षति भएको छ ।

बिहान पोखराको सभागृह चोक र भण्डारढीकमा शंकास्पद बस्तु फेला परेको जानकारी दिँदै कास्की प्रहरीका प्रवक्ता रवीन्द्रमान गुरुङले दुवै ठाउँका शंकास्पद वस्तु डिस्पोज गरिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार